कुपण्डोलको सगरमाथा सहकारीमा आगलागी
बिहीबार, ०३ जेठ २०८१, १६ : १२
काठमाडौँ । ललितपुरको कुपण्डोलस्थित हाम्रो सगरमाथा सहकारीमा आगलागी भएको छ ।
बिहीबार बिहान ललितपुर महानगरपालिका–१० स्थित कानदेवतास्थानमा रहेको सहकारीको कार्यालयमा आगलागी भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।
कान्तिपुर सेभिङको स्वामित्वमा रहेको भवनको छैटौँ तलामा लागेको आगो ३ वटा दमकल प्रयोग गरेर नियन्त्रणमा लिइएको एसपी सुवेदीले जानकारी दिए ।
छैटौँ तलामा हाम्रो सगरमाथामाको कार्यालय सञ्चालित छ । आइतबारदेखि सो क्षेत्रमा बिजुलीको लाइन नभएपछि इन्भर्टर प्रयोग गरेर कार्यालय सञ्चालन गरेको बताइएको छ ।
आगलागीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण