ज्याकीको याचिकामा अदालतले भन्यो, ‘अभिनेताको नाम, तस्बिर र आवाज अनुमति बिना कसैले प्रयोग गर्न पाउँदैन’
मुम्बई । बलिउड अभिनेता ज्याकी श्राफको याचिकामा दिल्ली उच्च अदालतले आफ्नो फैसला सुनाएको छ । अदालतले कुनै पनि व्यक्ति, कम्पनी वा सामाजिक सञ्जाल साइटले अभिनेताको नाम, तस्बिर र आवाजलाई उनको अनुमति बिना प्रयोग गर्न नपाउने बताएको हो ।
अदालतले व्यावसायिक लाभका लागि अभिनेताको पहिचानको दुरुपयोग गर्न नहुने बताएको छ । ज्याकीले हालै दिल्ली उच्च अदालतमा याचिका दायर गरेका थिए । ज्याकीको तर्क थियो कि केही सोशल मिडिया ह्यान्डलहरूले एआईको सहयोगमा उनको पहिचान प्रयोग गरेर पैसा कमाउँदै छन्।
यसबाहेक उनीसँग जोडिएका ज्याकी, भिदु, जग्गु दादा जस्ता नाम सार्वजनिक मञ्चमा दुरुपयोग भइरहेको उनको जिकिर थियो । जसलाई रोक्न ज्याकी अदालत पुगेका थिए ।
दिल्ली उच्च अदालतले १५ मेमा दिएको आफ्नो निर्णयमा ती सबै व्यक्ति र कम्पनीहरूलाई नोटिस जारी गरेको छ जसले अनुमति बिना ज्याकीको पहिचान प्रयोग गरिरहेका छन्। अदालतले सेलिब्रेटीको हैसियतमा ज्याकीसँग आफ्नो छवि जोगाउने अधिकार रहेको स्वीकार गरेको छ । यदि कसैले आफ्नो नाम र पहिचानको सहयोगमा पैसा कमाउँदैछ भने कलाकारलाई कारबाही गर्ने अधिकार रहेको अदालतको भनाई छ।
ज्याकीले आफ्नो तस्बिर प्रयोग गरेर आपत्तिजनक मिम्स बनाइएको र उनको आवाजको पनि दुरुपयोग भएको बताएका छन् । यसका साथै उनको तस्बिर प्रयोग गरेर अश्लील सामग्री पनि सिर्जना भइरहेको छ । अदालतले तुरुन्तै यो विषयलाई आफ्नो संज्ञानमा लियो।
भारतमा सेलिब्रेटीहरू पहिले भन्दा बढी सचेत भएका छन्। गत वर्ष दिल्ली उच्च अदालतले अमिताभ बच्चनको नाम, आवाज र फोटो उनको अनुमति बिना प्रयोग गर्न प्रतिबन्ध लगाएको थियो। उनको निवेदनमा अदालतले यस्तो अन्तरिम आदेश दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण