कांग्रेस संसदीय दलको बैठक बस्दै, गृहमन्त्रीको सम्बोधनबारे छलफल हुने
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक अहिले बिहान ९ बजे बस्दैछ । सहकारीको बचत रकम अपचलनको विषयमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन समिति गठनको माग गर्दै आएको कांग्रेसले संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा धारणा बनाउन सोमबार बिहान ९ बजे संघीय संसद् भवनमा बस्ने गरी दलको बैठक बोलाएको हो ।
बैठकअघि सभापति एवम् दलका नेता शेरबहादुर देउवाले संसदीय दल कार्यसमितिमा छलफल गर्दैछन् । कांग्रेसले करिब एक महिनादेखि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै आएकोमा आइतबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै आफूले सहकारीको रकम दुरुपयोग नगरेको दाबी गरेका थिए । कांग्रेसको आजको बैठकमा गृहमन्त्रीको सम्बोधनमाथि समेत छलफल हुने जनाइएको छ ।
अब सदनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा दलको बैठकले निर्णय लिने कांग्रेस नेताहरूले बताएका छन् । आइतबार साँझ पत्रकार सम्मेलनका क्रममा महामन्त्री गगन थापाले भने संसदीय छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने बताएका छन् ।
संसदीय छानबिन समिति बनाउन विषयमा सत्तापक्ष र प्रतिपक्षबिच शनिवारै सैद्धान्तिक सहमति भइसकेको छ । तर आइतबारको समितिको कार्यक्षेत्रका विषयमा भने सहमति हुन सकेन । कांग्रेसले गृहमन्त्री लामिछानेलाई नै तोकेर समग्र सहकारीको छानबिन गर्नुपर्ने अडान लिएको छ भने सत्ता पक्षले व्यक्ति वा निश्चित संस्था नतोकेर समग्र सहकारीको छानबिन गर्नुपर्ने भन्दै आएको छ ।
आइतबारको सम्बोधनमा गृहमन्त्री लामिछानेले आफू निर्दोष रहेको मात्रै दाबी नगरेर धम्कीपूर्ण भाषामा कांग्रेस नेताहरूमाथि लाञ्छना लगाएका कारण संसद्मा कांग्रेस अब झन् कडारुपमा प्रस्तुत हुन सक्ने आङ्कलन समेत भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण