तब्बुको हातबाट फुत्कियो पवन कल्याणको ओजी

नयाँ दिल्ली । साउथ सुपरस्टार पवन कल्याण यतिबेला आफ्नो बहुप्रतिक्षित फिल्म ‘ओजी’ लाई लिएर चर्चामा छन् । यो फिल्मबाट फ्यानहरूले यस फिल्मबाट निकै आशा गरेका छन् ।
यो फिल्म ग्याङ्स्टर पृष्ठभूमिमा आधारित एक्सन ड्रामा फिल्म हुनेछ । यसको निर्देशन सुजितले गर्दैछन् । सुजितले आफू पनि पवन कल्याणको ठुलो फ्यान भएको खुलासा गरेका छन् । अब यो फिल्मबारे रोचक खुलासा भएको छ ।
फिल्ममा पवन कल्याणको अभिनेत्रीका रूपमा श्रीया रेड्डीलाई छानिएको छ । फिल्ममा काम गर्न अभिनेत्री निकै उत्साहित छन् ।
हालै एक अन्तर्वार्तामा उनले फिल्म र आफ्नो पात्रको बारेमा रोचक खुलासा गरेका छन् । यो भूमिकामा पहिला तब्बुलाई लिइएको थियो ।
तब्बुका लागि लेखिएको पात्रमा खेल्न पाउँदा आफू निकै खुसी रहेको श्रीया रेड्डीले बताएकी छिन् । फिल्ममा तब्बुले खेल्न नसक्नुको कारण अहिलेसम्म बाहिरिएको छैन । यसबारे अभिनेत्रीले कुनै प्रतिक्रिया दिएकी छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्ले–अफ चरणमा पुग्न प्रयासरत दिल्ली र बहिर्गमनबाट जोगिन संघर्षरत हैदराबादबिच रोचक भिडन्त
-
विदेशी फिल्मलाई पनि छाडेनन् ट्रम्पले, लगाए ट्यारिफ
-
हनुमानढोका दरबार क्षेत्रमा ढुंगा बिछ्याएको ६ महिना नबित्दै खन्न थालियो
-
ललितपुरमा मापसे गरेर चलाएको कार पोलमा ठोक्कियो, ३ जना घाइते
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माण गर्न रुख कटान सुरु