गण्डकी सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ
बुधबार, ०९ जेठ २०८१, ०६ : ४७
काठमाडौँ । गण्डकी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखविरुद्धको रिटमा आजलाई पेसी तोकिएको छ । न्यायाधीशद्वय कुमार रेग्मी र सुनिल पोखरेलको इजलासमा मङ्गलवारदेखि बहस सुरु भएको हो।
सबै पक्षको बहस सकेर सर्वोच्चले आजै फैसला आदेश सुनाउने छ । अन्तरिम आदेश जारी गरे अधिकारी पदमुक्त हुने छन्। अनि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने छ।
नेपाली काग्रेसका तर्फबाट सुरेन्द्र पाण्डेले रिट दायर गरेका हुन्। गएको वैशाख २५ गते प्रदेशसभाका सभामुख समेतको नाम राखी बहुमत देखाएर गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका थिए । त्यसविरुद्ध पाण्डेले वैशाख २७ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण