गण्डकी सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ
बुधबार, ०९ जेठ २०८१, ०६ : ४७

काठमाडौँ । गण्डकी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखविरुद्धको रिटमा आजलाई पेसी तोकिएको छ । न्यायाधीशद्वय कुमार रेग्मी र सुनिल पोखरेलको इजलासमा मङ्गलवारदेखि बहस सुरु भएको हो।
सबै पक्षको बहस सकेर सर्वोच्चले आजै फैसला आदेश सुनाउने छ । अन्तरिम आदेश जारी गरे अधिकारी पदमुक्त हुने छन्। अनि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने छ।
नेपाली काग्रेसका तर्फबाट सुरेन्द्र पाण्डेले रिट दायर गरेका हुन्। गएको वैशाख २५ गते प्रदेशसभाका सभामुख समेतको नाम राखी बहुमत देखाएर गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका थिए । त्यसविरुद्ध पाण्डेले वैशाख २७ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सान फ्रान्सिस्कोबाट मुम्बई आइरहेको एयर इन्डियाको उडानमा खराबी, कोलकातामा ओरालियो यात्रु
-
काठमाडौँ महानगरमा मनसुन अवधिभर सडक तथा फुटपाथ खन्न रोक
-
मानिसहरूले तुरुन्तै तेहरान छोड्नुपर्छ: ट्रम्प
-
उपकुलपति छनोट : खुला प्रतिस्पर्धा कि सोझै सिफारिस ?
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
-
‘काठमाडौँ फेसन वीक’सँग जोडियो नेक्स्ट मोडल्स नेपाल