युरो कपका लागि पोर्चुगलको टोलीमा रोनाल्डो
_X4uURn6nKy.png)
लिसबन । युरो २०२४ का लागि पोर्चुगलको टोलीमा समावेश भएसँगै क्रिस्टियानो रोनाल्डोले ११ औँ मुख्य अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने भएका छन् ।
३९ वर्षीय अल–नासरका फरवार्ड अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी हुन् । उनले पोर्चुगलका लागि २ सय ६ खेलमा कीर्तिमानी १ सय २८ गोल गरेका छन् ।
रोबर्टो मार्टिनेजले अर्को महिना जर्मनीमा खेलिने प्रतियोगिताका लागि २६ सदस्यीय टोलीमा रोनाल्डोसहित ७ जना फरवार्ड राखेका छन् । पत्रकार सम्मेलनमा प्रशिक्षक मार्टिनेजले रोनाल्डोको तारिफ गर्दै उनले फरवार्डमा गुणस्तर प्रदान गर्ने बताए ।
रोनाल्डोले सन् २००४ को युरोमा डेब्यू गरेका थिए । टोली फाइनलमा पुगे पनि ग्रिससँग स्तब्ध हुनुपरेको थियो । पाँच पटकको बालोन डी’ओर विजेताले टोलीलाई सन् २०१६ को युरो दिलाएका थिए । त्यसपछि सन् २०१८–१९ मा नेसन्स लिग पनि जिताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोर्खा कपको उपाधि नेपाल ड्रिम टिमलाई, १५ हजारभन्दा बढीको सहभागिता
-
१० बजे १० समाचार : भिजिट भिसा प्रकरणले संसद्मा हंगामा, गभर्नरविरूद्ध अर्को रिट
-
बुधबारदेखि काठमाडौँमा २२ औँ किम्फ महोत्सव सुरु हुँदै
-
कप्तान ऋषभ चम्किँदा बेंगलुरुसामु जितका लागि २ सय २८ रनको लक्ष्य
-
कृष्ण सेन ‘इच्छुक’ को २३ औँ स्मृति दिवस मनाइयो
-
युवासंघमा ओलीका उम्मेदवारले जित्दा पदाधिकारीमा को-को विजयी (नतिजासहित)