युरो कपका लागि पोर्चुगलको टोलीमा रोनाल्डो
लिसबन । युरो २०२४ का लागि पोर्चुगलको टोलीमा समावेश भएसँगै क्रिस्टियानो रोनाल्डोले ११ औँ मुख्य अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने भएका छन् ।
३९ वर्षीय अल–नासरका फरवार्ड अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी हुन् । उनले पोर्चुगलका लागि २ सय ६ खेलमा कीर्तिमानी १ सय २८ गोल गरेका छन् ।
रोबर्टो मार्टिनेजले अर्को महिना जर्मनीमा खेलिने प्रतियोगिताका लागि २६ सदस्यीय टोलीमा रोनाल्डोसहित ७ जना फरवार्ड राखेका छन् । पत्रकार सम्मेलनमा प्रशिक्षक मार्टिनेजले रोनाल्डोको तारिफ गर्दै उनले फरवार्डमा गुणस्तर प्रदान गर्ने बताए ।
रोनाल्डोले सन् २००४ को युरोमा डेब्यू गरेका थिए । टोली फाइनलमा पुगे पनि ग्रिससँग स्तब्ध हुनुपरेको थियो । पाँच पटकको बालोन डी’ओर विजेताले टोलीलाई सन् २०१६ को युरो दिलाएका थिए । त्यसपछि सन् २०१८–१९ मा नेसन्स लिग पनि जिताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण