नागरिकतासम्बन्धी विवादमा के भन्छिन् आलिया भट्ट ?

नयाँ दिल्ली । भारतमा अहिले लोकसभाको निर्वाचन भइरहेको छ । यही हप्ताको शुरुमा बिहार, महाराष्ट्रसमेत कयौँ राज्यमा पाँचौँ चरणको निर्वाचन भएको थियो । यस चरणमा अमिताभ बच्चन, शाहरुख खान, सलमान खान, रणवीर सिंह लगायत कयौँ बलिउड स्टारले मतदान गरे ।
रणवीर कपूर पनि मतदान केन्द्रमा भोट हाल्न पुगेका थिए । तर कपूरको साथमा उनको अभिनेत्री पत्नी आलिया भट्ट थिइनन् । आलिया भट्टसँग भारतीय नागरिकता नभएकोले उनले भोट हाल्न नपाएको चर्चा भइरहेको छ । यसैबिच सामाजिक सञ्जालमा आलियाको नागरिकतालाई लिएर बहस सुरु भएको छ ।
नेटिजन्सहरुले आलिया भारतीय नागरिक नै नभएको बहस चलेको छ । आलियासँग बेलायती पासपोर्ट छ । यसैबिच इन्ष्टाग्राममा आलियाले एउटा पोस्ट शेयर गरेकी छिन् । पोस्ट आफ्नो नागरिकताबारे चलिरहेको चर्चाबारे हो कि होइन भन्ने चाँहि स्पष्ट छैन । मायालाई जति सुकै बलियो नै किन नहोस् कुनै पनि तर्कले हराउन नसक्ने ‘द गुड वर्ड’ ह्याशट्यागको साथमा आलियाले पोस्टमा लेखेकी छिन् । उनको यो पोष्टलाई धेरैले सामाजिक सञ्जालमा चलिरहेको बहससँग जोडेर हेरिरहेका छन् ।
आफ्नो पहिलो हलिउड फिल्म ‘हर्ट अफ स्टोन’को प्रमोशनको बेलामा आलियाले आफ्नोबारे गुगलमा सबैभन्दा धेरै खोजिने जिज्ञासाको उत्तर दिएकी थिइन् । यसमा उनी बेलायती नागरिक हुन् भन्ने प्रश्न पनि थियो । खबरका अनुसार त्यही बेला आलियाले आफूसँग बेलायती नागरिकता भएको पुष्टि गरेकी थिइन् । आलियाको आमाको जन्म बर्मिङ्घममा भएको उनले बताएकी थिइन् । आलिया भने भारतमा जन्मेर भारतमै हुर्किएकी हुन् ।
कामको कुरा गर्नु पर्दा आलिया यस अघि रकी और रानीकी प्रेम कहानीमा देखिएकी थिइन् । अहिले उनी जिगराको छायाङ्कनमा व्यस्त छिन् । यसबाहेक उनी सञ्जय लिला भन्सालीको फिल्म लभ एन्ड वारमा रणवीर कपूर र विक्की कौशलको साथमा देखिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप
-
मुख्यमन्त्री कँडेलद्वारा दश जिल्लाका सीडीओसँग संवाद
-
बाँकेमा थप ९३६ लाई जग्गाधनी प्रमाणपत्र वितरण गरिँँदै
-
डिजिटल प्रविधिमा आधारित रही सेवा प्रवाह गर्न श्रममन्त्रीको निर्देशन
-
रातोपाटी ब्रिफिङ : प्रदीप नेपालको अन्तिम बिदाइदेखि संसद्को बहससम्म
-
रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश