कैलाश सिरोहिया पक्राउप्रति मिडिया सोसाइटीको विरोध

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएकोप्रति नेपाल मिडिया सोसाइटीले विरोध जनाएको छ । बुधवार पत्रकार सम्मेलन गर्दै नेपाल मिडिया सोसाइटीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई सरकारले पक्राउ गरेको भन्दै विरोध जनाएको हो ।
सिरोहियालाई नागरिकता किर्तेको आरोपमा मंगलबार प्रहरीले पक्राउ गरी धनुषा पुर्याएको थियो । सोही विषयमा मिडिया सोसाइटीले पत्रकार सम्मेलनमार्फत धारणा सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले सिरोहियाको रिहाइ नभएसम्म सोसाइटीले निरन्तर सङ्घर्ष गर्ने बताए ।
उनले आफूहरूले बोलेर र लेखेर सङ्घर्ष गर्ने भन्दै मिडियालाई बचाउनका लागि सङ्घर्षमा उत्रेको बताए । उनले सिरोहियालाई पक्राउ गरेर मिडियालाई तर्साउन खोजिएको बताए । अध्यक्ष कँडेलले सरकारले मिडियामाथि अधिनायकवादी तरिका अपनाएको र मिडियाको मुख बन्द गराउने खतरनाक प्रवृत्ति सुरु भएको उल्लेख गरे ।
अध्यक्ष कँडेलले पूर्व प्रधानमन्त्रीहरुको समेत नागरिकताको प्रतिलिपि लिँदा विवरण फरक परेको हुनसक्ने भन्दै त्यसबारे पनि खोज्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नौ महिनामा भएका सवारी दुर्घटनामा ७० जनाको मृत्यु
-
१० बजे १० समाचार : सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने
-
अवैध घुसपैठ रोक्न भारतसँगको सबै सीमा नाकामा उच्च निगरानी
-
आशाको सञ्चार गराउनु मिडियाको प्रमुख दायित्व हो : अध्यक्ष बस्नेत
-
आईपीएल : प्रभसिमरनको शानदार ब्याटिङ, लखनउसामु २ सय ३७ रनको लक्ष्य
-
‘ऊनको स्वीटर’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको छ : अभिनेता विपिन कार्की