छलफल
संसद्लाई कति चाहिन्छ बजेट : सभामुख, अर्थमन्त्री र सभापतिहरूबिच छलफल
बुधबार, ०९ जेठ २०८१, १३ : २२
काठमाडौँ । सङ्घीय संसद्का लागि आवश्यक पर्ने बजेटका बारेमा सभामुख देवराज घिमिरेले अर्थमन्त्री वर्षमान पुन सहित सङ्घीय संसद्का सभापतिहरूबिच बैठक राखेका छन् । आगामी आर्थिक वर्षका लागि बजेट निर्माणको काम भइरहेको पूर्व सन्ध्यामा बुधवार सभामुख घिमिरेले राष्ट्रियसभाका अध्यक्ष, संसद्का दुवै सदन अन्तर्गत रहेका विषयगत समितिका सभापतिहरूलाई छलफलमा बोलाएका हुन ।
सिंहदरबारस्थित कानुन समितिको हलमा संसद्को बजेटका विषयमा छलफल भइरहेको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।
बजेट अभावका कारण विभिन्न संसदीय समितिहरूले काम गर्न नसकेको लगायत संसद्का कुन–कुन क्षेत्र विषयका लागि कति बजेट आवश्यक पर्छ भन्ने बारेमा छलफल भइरहेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण