कांग्रेसले भन्यो– संसदीय छानबिन समिति गठन गरी सहकारीको रकम अपचलनबारे निरूपण हुनुपर्छ

काठमाडौँ । नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठन गरी सहकारीको रकम अपचलनबारे निरूपण हुनुपर्ने बताएको छ । बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले सहकारीका बचतकर्ताहरूको बचत सुरक्षित गर्न दबाब दिने निर्णय गरेको हो ।
बैठकले सहकारी ठगी गर्ने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहितका पीडकहरूलाई कारबाहीको दायरामा ल्याउन दबाब दिने निर्णय गरेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
उनले भने,‘बैठकले सभामुखले गरेको संसदीय अभ्यास विरुद्धको गतिविधिको विरोध गरेको छ । सत्ता दुरुपयोगलाई लिएर संसदमा कुरा उठाइरहेका छौँ । संसदीय मर्यादाको खिलाफमा सरकार प्रस्तुत भएको छ । सभामुखले संसद्को गरिमा पालना गर्न सक्नुभएको छैन ।’
सरकार निरङ्कुशता उन्मुख भइरहेको भन्दै प्रवक्ता महतले यसप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको बताए ।
कांग्रेसले कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया प्रतिशोधको भावनाले पक्राउ भएको प्रष्ट पारेको छ । प्रवक्ता महतले मिडियालाई बिस्तारै नियन्त्रणमा लिने र त्रासमा राखने काम भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँच वर्षपछि ‘टोल ट्याक्स’ बिउँताउँदै सरकार
-
‘क्यानका अध्यक्षले मविरुद्ध षडयन्त्र गरे, निर्णय नसच्याइए न्यायालय जान्छु’
-
महालेखाको वार्षिक प्रतिवेदन : प्रधानमन्त्रीको गृहजिल्लामा ठेक्का सम्झौता अन्त्य गर्ने निर्णय भएका आयोजनामा भुक्तानी
-
देश दुर्घटनाको छेउमा पुगेको छ : वामदेव गौतम
-
यस्ता छन् कर्णाली प्रदेश सरकारले ल्याउने आगामी बजेटका सिद्धान्त र प्राथमिकता (पूर्णपाठ)
-
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशनको पहिलो बैठक, के-के भयो ?