कांग्रेसले भन्यो– संसदीय छानबिन समिति गठन गरी सहकारीको रकम अपचलनबारे निरूपण हुनुपर्छ
काठमाडौँ । नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठन गरी सहकारीको रकम अपचलनबारे निरूपण हुनुपर्ने बताएको छ । बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले सहकारीका बचतकर्ताहरूको बचत सुरक्षित गर्न दबाब दिने निर्णय गरेको हो ।
बैठकले सहकारी ठगी गर्ने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहितका पीडकहरूलाई कारबाहीको दायरामा ल्याउन दबाब दिने निर्णय गरेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
उनले भने,‘बैठकले सभामुखले गरेको संसदीय अभ्यास विरुद्धको गतिविधिको विरोध गरेको छ । सत्ता दुरुपयोगलाई लिएर संसदमा कुरा उठाइरहेका छौँ । संसदीय मर्यादाको खिलाफमा सरकार प्रस्तुत भएको छ । सभामुखले संसद्को गरिमा पालना गर्न सक्नुभएको छैन ।’
सरकार निरङ्कुशता उन्मुख भइरहेको भन्दै प्रवक्ता महतले यसप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको बताए ।
कांग्रेसले कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया प्रतिशोधको भावनाले पक्राउ भएको प्रष्ट पारेको छ । प्रवक्ता महतले मिडियालाई बिस्तारै नियन्त्रणमा लिने र त्रासमा राखने काम भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण