आइतबार, ०२ असार २०८१
ताजा लोकप्रिय

बेलायतमा आम निर्वाचन ४ जुलाईमा हुने

बिहीबार, १० जेठ २०८१, १० : ४१
बिहीबार, १० जेठ २०८१

काठमाडौँ । बेलायतमा आउँदो ४ जुलाईमा आम निर्वाचन हुने भएको छ । प्रधानमन्त्री ऋषि सुनकले बुधवार  साँझ आमनिर्वाचनको मिति प्रस्ताव गर्दै बेलायतीहरूले निर्वाचनमा आफ्नो भविष्य रोज्न सक्षम हुने आशा व्यक्त गरेका छन् । 

कन्जरभेटिभ पार्टी बितेका १४ वर्षको सत्ता राजनीति पछि यसपटक विपक्षी लेबर पार्टीसँग पराजित हुने अड्कल काटिएको छ । प्रधानमन्त्री सुनकले प्रस्तावित मिति राजा चाल्र्स तृतीय समक्ष प्रस्तुत गरेर स्वीकृत भएपछि निर्वाचनका सबै ढोकाहरु खुल्नेछन् ।

बेलायतमा निर्वाचन कहिले हुने हो भनेर चर्चा चलिरहेका बेला प्रधानमन्त्रीले  आफ्नो कार्यालय डाउनिङ स्ट्रिटबाट झमझमपानी परिरहेको बेला मिति नै  घोषणा गरिदिएका थिए ।

सुनककै पार्टी भने यसपटक विपक्षीसँग प्रष्पिर्धामा पछि परिने विश्लेषण गरिरहेको छ । उसले आउँदो निर्वाचनलाई जोखिमपूर्ण भनेर आफैंले टिप्पणी गरेको छ ।

सन् १९९७ मा पूर्व प्रधानमन्त्रीटोनी ब्लेयरको नेतृत्वमाडाउनिङ स्ट्रिटको ढोकाबाहिर प्रदर्शनकारीहरूले बजाएको लेबरको चुनावी विजयको गानसुनेका सुनकले आफूले प्रधानमन्त्रीका रूपमामात्र नभई पूर्व सरकारका उपलब्धिहरू पनि गणना योग्य रहेको बताएका छन् । 

‘अब बेलायतको लागि आफ्नो भविष्य छनौट गर्ने र हामीले गरेको प्रगतिलाई निर्माण गर्ने वा स्क्वायर वनमा फर्किने जोखिम छ कि छैन भनेर निर्णय गर्ने समय हो,’ सुनकले भनेका छन् ।

‘आगामी केही हप्ताहरूमा, म हरेक भोटको लागि लड्नेछु, म तपाईँको विश्वास कमाउनेछु र म तपाईँलाई प्रमाणित गर्नेछु कि मेरो नेतृत्वमा रहेको कन्जरभेटिभ सरकारले मात्रहाम्रो मेहनतको आर्थिक स्थिरतालाई जोखिममा पार्ने छैन’ सुनकले भने, लेबर नेता केयर स्टारर सधैँ सजिलो बाटो रोज्ने तर उनीसँग कुनै नवीन योजना नभएको आरोप लगाए । 

सुनक मत सर्वेक्षणमा लेबर भन्दा धेरै पछि परेको मात्र होइन, आफ्नो पार्टीका केही व्यक्तिहरूबाट केही हदसम्म अलग्गिएर चुनावी मैदानमा उत्रेको विश्लेषण गरिएको छ ।

सुनकले झन्डै तीन वर्षमा घट्दो मुद्रास्फीति र अर्थतन्त्रको तीव्र गतिमा बृद्धि हुने जस्ता केही आर्थिक लाभका कारण अब जोखिम मोलेर नयाँ कार्यकालका लागि आफ्नो एजेन्डाऔपचारिक रूपमामत दातासमक्ष प्रस्तुत गर्ने समय आएको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप