ताइवान आसपास चीनको व्यापक सैन्य अभ्यास
बिहीबार, १० जेठ २०८१, ११ : १२
बेइजिङ । चीनले ताइवान नजिकै बृहत् स्तरमा सैन्य अभ्यास गरिरहेको छ । चीनले ताइवानलाई पाँच तिरबाट घेरेर सो अभ्यास गरेको हो ।
पूर्ण रुपमा चीनले ताइवानमाथि आक्रमणको अभ्यास गरेको यो पहिलोपटक भएको बताइएको छ । यसअघि सन् २०२२ मा भने चीनले ताइवानमाथि आर्थिक नाकाबन्दी लगाएको थियो ।
यसअघि चीनले थाहै नदिई सैन्य अभ्यास गर्ने गरेको थियो । तर सन् २०२२ यता चेतावनी दिँदै सैन्य अभ्यास गर्न थालेको छ ।
गएको ७० वर्षदेखि ताइवान र चीनबिच ‘मेडियन लाइन’ ले दुई देशबिच अनधिकृत रूपमा सीमाको काम गरिरहेको थियो । तर चीनले बारम्बार सो रेखा पार गरेर ताइवान नजिक सैन्य अभ्यास गरिरहेको छ ।
सन् २०२२ मा अमेरिकाको तल्लो सदनकी सभामुख नेन्सी पोलेसीले ताइवानको भ्रमण गरेयता यो क्रम बढेको छ । त्यतिबेला नै चीनले मेडियन लाइनलाई नमान्ने भनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राउनले थपे पाचौँ गोल
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
फिफा विश्वकप २०२६ः जमर्नीलाई ५–१ को अग्रता
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण