ताइवान आसपास चीनको व्यापक सैन्य अभ्यास
बिहीबार, १० जेठ २०८१, ११ : १२

बेइजिङ । चीनले ताइवान नजिकै बृहत् स्तरमा सैन्य अभ्यास गरिरहेको छ । चीनले ताइवानलाई पाँच तिरबाट घेरेर सो अभ्यास गरेको हो ।
पूर्ण रुपमा चीनले ताइवानमाथि आक्रमणको अभ्यास गरेको यो पहिलोपटक भएको बताइएको छ । यसअघि सन् २०२२ मा भने चीनले ताइवानमाथि आर्थिक नाकाबन्दी लगाएको थियो ।
यसअघि चीनले थाहै नदिई सैन्य अभ्यास गर्ने गरेको थियो । तर सन् २०२२ यता चेतावनी दिँदै सैन्य अभ्यास गर्न थालेको छ ।
गएको ७० वर्षदेखि ताइवान र चीनबिच ‘मेडियन लाइन’ ले दुई देशबिच अनधिकृत रूपमा सीमाको काम गरिरहेको थियो । तर चीनले बारम्बार सो रेखा पार गरेर ताइवान नजिक सैन्य अभ्यास गरिरहेको छ ।
सन् २०२२ मा अमेरिकाको तल्लो सदनकी सभामुख नेन्सी पोलेसीले ताइवानको भ्रमण गरेयता यो क्रम बढेको छ । त्यतिबेला नै चीनले मेडियन लाइनलाई नमान्ने भनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रातो झण्डा’ झुन्ड्याएर बाढीसँग लडिरहेको एउटा साहसी गाउँ
-
आजका लागि विदेशी मुद्राको विनिमय दर
-
तेहरानकाे टिभी स्टुडियोमा आक्रमण हुँदा एक कर्मचारीको मृत्यु
-
चौपायामा खोरेतरोग सार्ने ‘सेरोटाइप ए’ भाइरस फेला
-
आयआर्जनका लागि ‘होमस्टे’मा जोडिँदै महिला
-
अमेरिकी सांसद बर्नी स्यान्डर्सको आरोपः ‘यो युद्ध नेतन्याहूले सुरु गरेका हुन्’