आइतबार, ०२ असार २०८१
ताजा लोकप्रिय

कालिकोटमा जिप दुर्घटना हुँदा ७ जना घाइते

बिहीबार, १० जेठ २०८१, १३ : ३४
बिहीबार, १० जेठ २०८१

कालिकोट । कालिकोटमा जिप दुर्घटना भएको छ । सुर्खेतबाट कालिकोटको शुभकालिका गाउँपालिकातर्फ जाँदै गरेको जिप सोही ठाउँको हाउडी खोलामा दुर्घटनामा परेको हो ।

प्रहरीकाअनुसार उक्त दुर्घटनामा ७ जना घाइते भएका छन् । घाइते हुनेहरू सबै शुभकालिकाकै हुन् । कर्णाली प्रदेश ०२–००१ च ०७९७ नम्बरको उक्त जिपमा सडकबाट तल खोलामा खसेको छ ।

घाइतेको अवस्था भने निकै गम्भीर रहेको बताइएको छ । घाइतेको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप