लोसपाको महासचिवमा यादव मनोनीत
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालले सिरहाका शीतल प्रसाद यादवलाई महासचिव पदमा मनोनीत गरेको छ ।
अध्यक्ष महन्थ ठाकुरले पार्टीको संशोधित अन्तरिम विधान अनुसार केन्द्रीय सदस्य यादवलाई महासचिव पदमा मनोनीत गरेका हुन् ।
लोसपा नेपालले महाधिवेशन लक्षित सदस्यता वितरण अभियान सुरु गरेको छ । जसअनुसार सिरहामा अगामी शनिवार सदस्यता वितरण कार्यक्रम हुने तय भएको छ ।
सोही कार्यक्रम अघि पार्टीले यादवलाई महासचिवमा मनोनीत गरेको एक नेताले जानकारी दिए । कार्यक्रममा अध्यक्ष ठाकुरसहित शीर्ष नेताहरू सहभागी हुनेछन् ।
गत असोज ८ गते अध्यक्ष ठाकुरले ३११ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका थिए ।
कार्यसमितिमा एक जना अध्यक्षसहित ६४ जना पदाधिकारी रहेका छन् । पदाधिकारीमध्ये राजेन्द्र महतो, अनिलकुमार झा, केशव झा, कौशलकुमार सिंहलगायत थुप्रै पदाधिकारीले पार्टी छाडिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण