मधेसमा लोसपाले छान्न सकेन संसदीय दलका नेता
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले हालसम्म मधेस प्रदेशमा संसदीय दलका नेता चयन गर्न सकेको छैन ।
यसअघि संसदीय दलका नेता रहेका अभिराम शर्मा निलम्बनमा परेपछि पार्टीले नयाँ नेता चयन गर्न नसकेको हो । अदालतले सशस्त्र प्रहरीका असई थमन विकको हत्यामा शर्मालाई दोषी गरेपछि प्रदेश सभा सचिवालयले वैशाख १८ गते उनलाई निलम्बन गरेको थियो ।
तर, लोसपाका नेता उपेन्द्र महतोले उनी निलम्बनमा मात्र परेकाले फुकुवा भएपछि पुनः शर्मा नै संसदीय दलको नेतामा सक्रिय तर्क गरे ।
शर्मा निलम्बन भएपछि संसदीय दलमा गर्नुपर्ने आवश्यक काम दलका उपनेताले गरिरहेको उनको भनाइ छ ।
उनले भने, ‘संसदीय दलको नेता नहुँदा कुनै काममा बाधा परेको छैन त्यही भएर नेता चयन गरेको छैन ।’
लोसपाका एक जना महासचिवका अनुसार मधेस प्रदेश संसदीय दलमा तीन वटा गुट छन् । त्यही तीन वटा गुट भएकै कारणले संसदीय दलको नयाँ नेता चयन हुन नसकेको हो ।
एउटा गुटले माओवादी केन्द्र र एमाले गठबन्धनलाई समर्थन गरिसकेको छ भने अर्कोले कांग्रेस नेतृत्वका विपक्षी गठबन्धनमा भएको कारणले जसपा नेपालको सरकारलाई भए पनि निरन्तरता दिएर जानुपर्ने तर्क गर्दै आएको छ ।
‘सबैको दाउको मन्त्री बन्ने नै हो, कुन गुट हाबी हुन्छ, त्यही सरकारमा जान्छ र मन्त्री बन्छन्, ती महासचिवले भने, ‘पार्टीभित्रको विवादका कारण त्यहाँ संसदीय दलका नेता चयन हुन सकेको छैन ।’
मधेस प्रदेशमा लोसपाका नौ जना सांसद छन् । त्यसमध्ये अभिराम शर्मा निलम्बनमा परेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण