सम्पर्कविहीन १९ कर्मचारीलाई सात दिनभित्र उपस्थित हुन प्रहरी प्रधान कार्यालयकाे निर्देशन
काठमाडौँ । गैरहाजिर रहेका १९ कर्मचारीलाई एक साताभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन नेपाल प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।
शुक्रबार प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै दुई महिनाभन्दा बढी समयबाट कार्यालयमा हाजिर नभएका नेपाल प्रहरीका विभिन्न दर्जाका प्रहरीहरूलाई एक साताभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन निर्देशन दिएको हो ।
खोजतलास गराउँदा र प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत सम्पर्कमा नआएको भन्दै कार्यालयले उनीहरूसँग स्पष्टीकरणसहित कार्यालय उपस्थित नभए प्रहरी नियमावलीअनुसार सेवाबाट हटाउने चेतावनी समेत कार्यालयले दिएको छ।
‘सात दिनभित्र बाटोको म्यादबाहेक गैरहाजिर हुनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ सहित यस कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा अन्यथा तपाईँउपर प्रहरी नियमावली २०७१ को नियम ११३ को उपनियम (१)को खण्ड (च)को कसुरमा ऐन नियमावलीको १०१ को (ख)बमोजिम सेवाबाट हटाइने छ,’ जारी सूचनामा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण