आइतबार, ०२ असार २०८१
ताजा लोकप्रिय

पपुवा न्युगिनीमा पहिरो, सयौँको मृत्यु भएको आशंका

शुक्रबार, ११ जेठ २०८१, १० : ५५
शुक्रबार, ११ जेठ २०८१

पोर्ट मोरेस्बी । पपुवा न्यू गिनीको एक दुर्गम गाउँमा ठुलो पहिरो गएको छ । गाउँलेहरूले माटोको थुप्रोले थिचिएका घरहरूबाट दर्जनौँ शव निकालिरहेको अस्ट्रेलियाको सरकारी सञ्चारमाध्यम एबीसी अनलाइन संस्करणमा समाचार छापिएको छ ।

समाचारअनुसार घटनामा १०० जनाको मृत्यु भएको स्थानीयहरूले बताएका छन् । तर मृतकको आधिकारिक तथ्याङ्क आइसकेको छैन ।

इन्गा प्रान्तको काओकलाम गाउँ बिहान ३ बजे पहिरोको चपेटामा परेको थियो । यो गाउँ राजधानी पोर्ट मोरेस्बीभन्दा उत्तर पश्चिममा करिब ६०० किमी पर रहेको छ । पोर्गेरा वुमन इन बिजनेस एसोसिएसनकी अध्यक्ष एलिजाबेथ लारुमाले एबीसीसँग कुरा गर्दै पहाडको

किनाराहरू खस्दा घरहरू ध्वस्त भएको बताएकी छिन् । यो दुर्घटना भएको समयमा मानिसहरू सुतिरहेको बताइएको छ । पहिरोले गाउँ पुरिएको र सयभन्दा धेरै मानिस यसमा परेको हुनसक्ने लारुमाको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप