पपुवा न्युगिनीमा पहिरो, सयौँको मृत्यु भएको आशंका
शुक्रबार, ११ जेठ २०८१, १० : ५५
पोर्ट मोरेस्बी । पपुवा न्यू गिनीको एक दुर्गम गाउँमा ठुलो पहिरो गएको छ । गाउँलेहरूले माटोको थुप्रोले थिचिएका घरहरूबाट दर्जनौँ शव निकालिरहेको अस्ट्रेलियाको सरकारी सञ्चारमाध्यम एबीसी अनलाइन संस्करणमा समाचार छापिएको छ ।
समाचारअनुसार घटनामा १०० जनाको मृत्यु भएको स्थानीयहरूले बताएका छन् । तर मृतकको आधिकारिक तथ्याङ्क आइसकेको छैन ।
इन्गा प्रान्तको काओकलाम गाउँ बिहान ३ बजे पहिरोको चपेटामा परेको थियो । यो गाउँ राजधानी पोर्ट मोरेस्बीभन्दा उत्तर पश्चिममा करिब ६०० किमी पर रहेको छ । पोर्गेरा वुमन इन बिजनेस एसोसिएसनकी अध्यक्ष एलिजाबेथ लारुमाले एबीसीसँग कुरा गर्दै पहाडको
किनाराहरू खस्दा घरहरू ध्वस्त भएको बताएकी छिन् । यो दुर्घटना भएको समयमा मानिसहरू सुतिरहेको बताइएको छ । पहिरोले गाउँ पुरिएको र सयभन्दा धेरै मानिस यसमा परेको हुनसक्ने लारुमाको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण