अदालत
कैलाश सिरोहियालाई बयान गराइँदै, आज दोस्रोपटक म्याद लिइने
शुक्रबार, ११ जेठ २०८१, १४ : ०३
काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला सरकारी वकिल कार्यालय धनुषामा बयान गराइँदै छ । बयान पुरा भएपछि उनलाई म्याद थपका लागी अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी रञ्जन अवाले रातोपाटीलाई बताए ।
यसअघि अदालतले दिएको ३ दिनको म्याद सकिएको छ । शुक्रवार दोस्रोपटक म्याद लिइने डीएसपी अवाले जानकारी दिए । दोहोरो नागरिकता लिएको आरोपमा प्रहरीले मङ्गलवार काठमाडौँबाट पक्राउ गरेर सिरोहियालाई धनुषा जिल्ला अदालतमा उपस्थित गराएको थियो ।
सिरोहियाको पक्षमा बहस गर्न वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, शेरबहादुर केसी, रमन श्रेष्ठ, रमण कर्ण, अधिवक्ताहरू दीपेन्द्र झा, सिताराम भट्टराई र गोविन्द बन्दी जनकपुरमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण