सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय

राष्ट्रिय वाणिज्य बैंकका नवनियुक्त सीईओ खनालले थाले काम

शुक्रबार, ११ जेठ २०८१, १६ : २१
शुक्रबार, ११ जेठ २०८१

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्ररमण खनालले बैंक सञ्चालक समितिका अध्यक्ष दिलिपकुमार ढुङ्गानाबाट एक कार्यक्रमकाबीच शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । 

 बैंक सञ्चालक समितिको मिति जेठ १० गते बसेको बैठकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९ को उपदफा २ तथा बैंकको नियमावलीको नियम ३५ को उपनियम ३ को व्यवस्था बमोजिम खनाललाई बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा चार वर्षका लागि नियुक्ति गरेको थियो । 

पदभार ग्रहणको अवसरमा खनालले सरकार, राष्ट्र बैंक तथा बैंकले लिएको नीतिको कार्यन्वयन गरी नागरिकमा गुणस्तरीय सेवा प्रवाह गर्र्दै सबै सरोकारवालाले पाउने हिस्सामा बृद्धि हुने गरी कार्य गरिने बताए ।  चार्टड एकाउन्टेन्ट खनाल यसअघि बैंकको का.मु. प्रमुख कार्यकारी अधिकृत थिए ।  २०६४ सालमा चार्टड एकाउन्टेन्टको रुपमा प्रवेश गरेका खनालले व्यवस्थापनमा स्नातकोत्तर तथा कानूनमा एलएलबी तहको अध्ययन पूरा गरेका छन् । 

यस अघि रिक्त रहेको बैंकको प्रमुख कार्यकारी अधिकृतको पदमा खुला प्रतिस्पर्धाबाट छनौट गरी नियुक्त गर्नका लागि बैंकले २०८१।०१।०७ गते दरखास्त आवेदन माग गरेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप