सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय
राजनीति

टीओआरमा सहमति खोज्न प्रमुख दलका शीर्ष नेताको बैठक बालुवाटारमा सुरु

शुक्रबार, ११ जेठ २०८१, १६ : ४२
शुक्रबार, ११ जेठ २०८१

काठमाडौँ । प्रमुख दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेताहरू कृष्ण सिटौला, गगन थापा, रमेश लेखक, हितराज पाण्डे लगायत सहभागी छन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको बचत हिनामिनाको छानबिनबारे नयाँ प्रस्ताव अघि सारेपछि प्रमुख दलका शीर्ष नेता छलफलमा जुटेका हुन् ।

सहकारी प्रकरणको छानबिनका लागि बनाइने भनिएको संसदीय छानबिन समितिको टिओआर कार्यदलमा सहमति नजुटेपछि शीर्ष तहमा सहमति खोज्ने प्रयास भएको हो । बैठकमा कांग्रेसको प्रस्तावसहित सत्तापक्षले राख्ने प्रस्तावमा छलफल हुने नेताहरूले बताएका छन् ।

दुवै पक्षका प्रस्तावबाट मध्यविन्दु पहिल्याएर सदनको अवरोध हटाउने उनीहरूको भनाइ छ । समितिको कार्यादेशमा गृहमन्त्री रवि लामिछानेको नाम तोक्ने या नतोक्ने भन्नेमा सत्ता र प्रतिपक्षबिच विवाद छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप