सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय

काठमाडौँ–तराई–मधेस द्रुतमार्ग : १ हजार ६५३ मिटर लामो सुरुङमार्ग छिचोलियो

शुक्रबार, ११ जेठ २०८१, २० : ५२
शुक्रबार, ११ जेठ २०८१

काठमाडौँ । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ–तराई–मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत धेद्रे सुरुङमार्गको जोडी सुरुङ मध्ये १ हजार ६५३ मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्ग शुक्रबार छिचोलिएको छ ।

प्याकेज नं.२ मा रहेको मकवानपुरको बकैया गाउँपालिकामा निर्माणाधीन उक्त सुरुङ छिचोलिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।  गत जेठ ४ गते लेनडाँडा सुरुङमार्गको जोडी सुरुङ मध्ये काठमाडौँबाट निजगढतर्फ जाने १ हजार ६३३ मिटर लम्बाइको सुरुङमार्ग पनि छिचोलिएको थियो । 

सुरुङ छिचोल्ने कार्यक्रममा रक्षा मन्त्री हरि प्रसाद उप्रेती, प्रधान सेनापति प्रभुराम शर्मा, रक्षा सचिव किरण राज शर्मा, रथीवृन्द लगायत द्रुतमार्ग निर्माणमा सहभागी सैनिक तथा गैर सैनिक व्यक्तिहरुको उपस्थितिमा भएको थियो । 

सोही अवसरमा मन्त्री उप्रेतीले गत हप्ता छिचोलिएको लेनडाँडा सुरङमार्ग लगायत द्रुतमार्गका निर्माणाधीन संरचनाहरुको पनि अवलोकन गरेको सेनाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप