काठमाडौँ–तराई–मधेस द्रुतमार्ग : १ हजार ६५३ मिटर लामो सुरुङमार्ग छिचोलियो
काठमाडौँ । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ–तराई–मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत धेद्रे सुरुङमार्गको जोडी सुरुङ मध्ये १ हजार ६५३ मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्ग शुक्रबार छिचोलिएको छ ।
प्याकेज नं.२ मा रहेको मकवानपुरको बकैया गाउँपालिकामा निर्माणाधीन उक्त सुरुङ छिचोलिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । गत जेठ ४ गते लेनडाँडा सुरुङमार्गको जोडी सुरुङ मध्ये काठमाडौँबाट निजगढतर्फ जाने १ हजार ६३३ मिटर लम्बाइको सुरुङमार्ग पनि छिचोलिएको थियो ।
सुरुङ छिचोल्ने कार्यक्रममा रक्षा मन्त्री हरि प्रसाद उप्रेती, प्रधान सेनापति प्रभुराम शर्मा, रक्षा सचिव किरण राज शर्मा, रथीवृन्द लगायत द्रुतमार्ग निर्माणमा सहभागी सैनिक तथा गैर सैनिक व्यक्तिहरुको उपस्थितिमा भएको थियो ।
सोही अवसरमा मन्त्री उप्रेतीले गत हप्ता छिचोलिएको लेनडाँडा सुरङमार्ग लगायत द्रुतमार्गका निर्माणाधीन संरचनाहरुको पनि अवलोकन गरेको सेनाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण