तार भूमिगत गर्न काठमाडौँको विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने
शनिबार, १२ जेठ २०८१, ०७ : ५५
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको कीर्तिपुर, बानेश्वर, कुलेश्वर र जोरपाटी वितरण केन्द्रका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका भइरहेको छ ।
यी केन्द्रमार्फत वितरण हुने विभिन्न स्थानमा आगामी आइतबारदेखि शुक्रबारसम्म बिहान ११ बजे देखि दिउँसो ३ः०० बजे सम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।
साँखु फिडर, चौमती फिडर, केएमसी फिडर, कालीमाटी फिडर, रोपवे फिडर र मूलपानी फिडर विद्युतीय तार भूमिगत हुनेछ ।
पसका कारण साँखु बजार, छाउनी आर्मी अस्पताल क्षेत्र, सुविधा नगर सिनामंगल, भिमसेनगोला क्षेत्र, सोल्टी मोडदेखि कलङ्की क्षेत्र, मैत्रीनगर, टेगलाफाँट क्षेत्र फिकल चोकदेखि बाबा चोकसम्म भिन्दाभिन्दै दिनमा विद्युत् आपूर्ति बन्द हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण