सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय

रक्षामन्त्रीले गरे सुरुङमार्ग ‘ब्रेक थ्रू’

शनिबार, १२ जेठ २०८१, १३ : ०६
शनिबार, १२ जेठ २०८१

काठमाडौँ । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले स्वीच दबाउँदै ब्लास्टिङ गरेर शुक्रबार सुरुङमार्ग ब्रेक थ्रू गरेका छन् । काठमाडौँ–तराई मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत प्याकेज नम्बर २ मा रहेको मकवानपुरको बकैया गाउँपालिकामा निर्माणाधीन धेद्रे सुरुङमार्ग जोडेर एक हजार ६ सय ५३ मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्ग ब्रेक थ्र गरिएको हो ।

यसअघि गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्ग एक हजार ६ सय ३३ मिटर लम्बाइ रहेको काठमाडौँबाट निजगढतर्फ जाने सुरुङमार्गको ब्रेक थ्रू गरिएको थियो ।

रक्षामन्त्री उप्रेतीले गत हप्ता छिचोलिएको लेनडाँडा सुरङमार्गलगायत द्रुतमार्गका निर्माणाधीन संरचनाको अवलोकन पनि गरेका छन् । निर्माणको ३३ प्रतिशत काम सकिएको छ ।

द्रुतमार्गको निर्माणको काम आफ्नै कार्यकालमा सम्पन्न गर्ने र काठमाडौंलाई मध्य तराईको भूभागसम्म जोडेर तराईको यात्रामा सहज वातावरणमा निर्माण गर्ने र कृषि , व्यापार व्यवसायमा सहज बनाएर देशको अर्थतन्त्रमा सहयोग गर्ने रक्षामन्त्री उप्रेतीले उद्घाटन समारोहमा बताए । 

आफू पनि मधेसमा जन्मिएर हुर्केको र आफ्नो गृह जिल्ला सर्लाही भएकोले द्रुत मार्गको अभावले मधेसका जनताले काठमाडौँसम्म भोग्नुपरेका दुःख व्यथालाई आफूले नजिकबाट नियालेको कारण यस आयोजनालाई आफ्नै कार्यकालमा सम्पन्न गर्ने प्रतिबद्धता गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप