वैशाखसम्म कति आयो विदेशी लगानीको प्रतिबद्धता ?
काठमाडौँ । वैशाख महिनामा १३ अर्ब ४४ करोड ४६ लाख रुपैयाँभन्दा बढीको विदेशी लगानी प्रतिबद्धता आएको छ । चालू आर्थिक वर्ष २०८०/८१ को वैशाख महिनाको अवधिमा सो बराबरको विदेशी लगानीको प्रतिबद्धता स्वीकृत भएको हो ।
यस अवधिमा ‘अटोमेटिक रुट’ (स्वचालित मार्ग) मार्फत २ अर्ब १५ करोड ८९ लाख रुपैयाँ लगानी प्रतिबद्धता स्वीकृत भएको छ । उद्योग विभागले लगानी सम्मेलनका क्रममा ‘अटोमेटिक रुट’ सुरु गरेको घोषणा गरेको थियो । सम्मेलनका क्रममा वैशाख १७ गते विभागले यस्तो घोषणा गरेको थियो ।
वैशाख महिनाको अवधिमा नै अर्बौँ रुपैयाँभन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत भएको विभागले जनाएको छ । विभागले ५० करोड रुपैयाँसम्मको लगानी स्वचालित मार्गमार्फत स्थापना गर्न सकिने व्यवस्था सुरु गरेको थियो ।
यस्तै परम्परागत शैलीमार्फत वैशाख महिनाको अवधिमा ११ अर्ब २८ करोड ५७ लाख रुपैयाँ विदेशी लगानीको प्रतिबद्धता आएको जनाइएको छ । स्वचालित र परम्परागत शैलीमार्फत १३ अर्बभन्दा बढीको प्रतिबद्धता स्वीकृत भएको हो ।
यसैगरी, चालू वर्षको साउन महिनादेखि वैशाख मसान्तसम्मको अवधिमा कूल ४३ अर्ब ५३ करोड रुपैयाँ विदेशी लगानी स्वीकृत भएको छ । यस अवधिमा ३२८ वटा प्रतिबद्धता आएका छन् । जसबाट १७ हजार २०० भन्दा बढीले रोजगारी पाउने बताइएको छ ।
कूल प्रतिबद्धतामध्ये २९० वटा साना उद्योग स्थापनाको योजना लगानीकर्ताले दिएका छन् । यस्तै १३ वटा मझौला उद्योग र ४ वटा ठुला उद्योग स्थापनाको प्रतिबद्धता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण