राप्रपा बैठक : पार्टीभित्रको विवाद मिलाउन दबाब
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक शनिबार पनि जारी रह्यो । राजधानीको धुम्बाराहीमा शुक्रबारदेखि सुरु बैठकमा शनिबार सदस्यहरूले अध्यक्षसहितका नेताहरूले पेश गरेको विभिन्न प्रतिवेदनमाथि आ–आफ्नो धारणा राखेका छन् ।
बैठकमा शनिबार एक सय जनाको हाराहारीका केन्द्रीय सदस्यहरूले धारणा राखेका छन् । बैठकमा बोल्ने अधिकांश सदस्यहरूले पार्टीभित्र देखिएको विवाद समाधान गर्दै पार्टीलाई सशक्त ढङ्गले अघि बढाउने कार्य योजना ल्याउन नेतृत्वलाई सुझाव दिएका छन् ।
केही अघि नेता ठाकुर मोहन श्रेष्ठमाथि पार्टी कार्यालयमै हातपात भएको घटनामा तीन नेता कारबाहीमा परेपछि पार्टीभित्र विवाद बढ्दै आएको छ । पार्टीभित्र यो प्रकरणमा मिलाउन सुझाव आए पनि अध्यक्ष राजेन्द्र लिङ्देनले दोहोरो भूमिका खेलेको केही नेताले आरोप लगाउँदै आएका छन् ।
यही विषयमा केन्द्रीय सदस्यहरूले पार्टी मिलाएर एकताको सन्देश दिन आग्रह गरेका हुन् । साथसाथै नेताहरू प्रेम बलायरसहित रद्वि जङ्गबहादुर राणा र नीराजन बमको कारबाही फिर्ता लिन पनि केन्द्रीय सदस्यहरूले दबाब दिएको ती केन्द्रीय सदस्यको भनाइ छ ।
बैठकमा बोल्ने सदस्यहरूले पेश भएका डकुमेन्ट भन्दा पनि यही विषयमा केन्द्रीय भएर धारणा राखेको ती केन्द्रीय सदस्यले बताए । प्रहरी र सरकारी वकिलको कार्यालयले समेत कुटपिटको घटनामा प्रमाण नपुगेको भनेर आरोपीहरुविरुद्ध मुद्दा नचलाएकाले यो विषयमा पार्टीले पनि सोही व्यवहार गर्नुपर्ने केन्द्रीय सदस्यहरुको भनाइ थियो ।
यसबाहेक बैठकमा केन्द्रीय सदस्यहरूले सङ्गठन र रणनीति बनाउन पार्टी लाग्नुपर्ने, सरकारमा जान नहुने, आन्दोलनमा जानुपर्ने लगायतका धारणा राखेका छन् ।
बैठक विभिन्न निर्णय गर्दै आइतबार सम्पन्न हुने राप्रपाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण