अपडेट : भारतीय लोकसभाका लागि सम्पन्न छैठौँ चरणको निर्वाचनमा ५७.७ प्रतिशत मतदान
नयाँदिल्ली । लोकसभा निर्वाचनको ५८ संसदीय निर्वाचन क्षेत्रहरूको लागि छैठौं चरणमा गरिएको मतदानमा शनिबार साँझ ५ बजेसम्म ५७.७ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।
पश्चिम बङ्गालमा सबैभन्दा बढी ७७.९९ प्रतिशत, झारखण्डमा ६१.४१ प्रतिशत, उत्तर प्रदेशमा ५२.०२ प्रतिशत, ओडिशामा ५९.६० प्रतिशत, जम्मू कश्मीरमा ५१.३५ प्रतिशत , बिहारमा ५२.२४ प्रतिशत, हरियाणामा ५५.९३ प्रतिशत, र दिल्लीमा ५३.७३ प्रतिशत मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका आयोगले जनाएको छ ।
लोकसभा निर्वाचनको छैठौँ चरणमा बिहारका आठ सिट, हरियाणाका सबै १० सिट, जम्मू कश्मीरको एक सिट, झारखण्डका चार, दिल्लीका सबै सात सिट, ओडिशाका छ सिट, उत्तर प्रदेशका १४ र पश्चिम बङ्गालका आठ सिट समावेश छन् । निर्वाचनमा कुल ८८९ उम्मेदवार मैदानमा छन् ।
आम निर्वाचनको पहिलो पाँच चरणमा २५ राज्य र केन्द्र शासित प्रदेशका लागि चार सय २८ संसदीय क्षेत्रहरूमा मतदान पूरा भइसकेको छ ।
छैठौँ चरणमा सम्पन्न निर्वाचनमा मतदानका लागि योग्य ११ करोड १३ लाखभन्दा बढी मतदातामध्ये पाँच करोड ८४ लाख पुरुष, पाँच करोड २९ लाख महिला र पाँच हजार १२० जना तेस्रो लिङ्गी मतदाताहरू रहेका थिए । यस चरणको निर्वाचन सञ्चालन गर्न करिब ११ लाख ४० हजार मतदान अधिकृतहरू खटाइएका थिए ।
लोकसभा निर्वाचनको सातौं चरणको मतदान जुन १ मा पूरा हुनेछ जसमा थप ५७ निर्वाचन क्षेत्रका मतदाताहरूले आफ्नो मताधिकार प्रयोग गर्नेछन् । निर्वाचनको नतिजा जुन ४ पछि घोषणा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
-
भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
-
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण