गुजरातमा आगलागीमा परी नौ जनाको मृत्यु
शनिबार, १२ जेठ २०८१, २२ : १९

नयाँदिल्ली । भारतको पश्चिमी राज्य गुजरातमा शनिबार एउटा मनोरञ्जन पार्कमा भएको भीषण आगलागीमा कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै धेरै घाइते भएको इण्डिया टुडेले जनाएको छ ।
यो घटना गुजरातको राजकोट जिल्लाको गो–कार्टिङ, बलिङ र अन्य साहसिक खेलहरू जस्ता मनोरञ्जन गतिविधिहरूको हब ‘टीआरपी गेमिङ जोन’ मा भएको बताइएको छ ।
उक्त घटनामा घाइते भएका सबैजनालाई आवश्यक उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ । आगलागीको कारण भने अहिलेसम्म थाहा हुन सकेको छैन ।
टीआरपी गेमिङ जोन भित्रको अस्थायी संरचना आगोको बीचमा ध्वस्त भएको र अन्य केही व्यक्ति भग्नावशेषमा फसेका हुनसक्ने स्थानीय अग्नि अधिकारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ सदस्यीय टेनिस टोली श्रीलंका जाने
-
सहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगितामा सात टोली
-
प्रहरीले भन्यो - राजावादीहरूले गर्ने प्रदर्शनमा जनधनको क्षति हुन दिँदैनौँ
-
एक वर्षभित्र पाँच सार्वजनिक संस्थान खारेज गरिँदै
-
आर्थिक सुधारमा राष्ट्र बैंकले २२ काम गर्नुपर्ने, भारुको विनिमयदर परिवर्तनको एजेन्डा
-
नेपाल धितोपत्र बोर्डको पुनर्संरचना गर्दै सरकार