फ्रेन्च कपको उपाधि जित्दै पीएसजीसँग एम्बाप्पेको यात्रा अन्त्य
पेरिस । फ्रेन्च कपको उपाधि जित्दै किलियान एम्बप्पेले पेरिस सेन्ट जर्मेनसँग आफ्नो यात्रा अन्त्य गरेका छन् । लुइस एनरिकेको टोलीले शनिबार लियोनलाई हराउँदै घरेलु डबल पूरा गरेको हो ।
खेलको २२ औँ मिनेटमा ओसमान डेम्बेलेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । ३४ औँ मिनेटमा फाबियान रुइजले टोलीको अग्रता दोब्बर बनाए । दोस्रो हाफमा लियोनका डिफेन्डर जेक ओ’ब्रियनले एक गोल फर्काए पनि टोलीले त्यसपछि थप गोल गर्न सकेन ।
फ्रान्सका स्टार खेलाडी एम्बाप्पेको पीएसजीबाट यो अन्तिम खेल थियो । सन् २०१७ मा मोनाकोबाट पीएसजीमा आबद्ध भएका एम्बाप्पेले क्लबका लागि ३ सय ८ खेलमा रेकर्ड २ सय ५६ गोल गरेका छन् ।
७ वर्ष क्लबमा रहँदा उनले ६ वटा लिग वान उपाधिका साथै ४ वटा फ्रेन्च कप र दुई लिग कपको उपाधि जित्न सफल भएका थिए । उनी अब स्पेनिस महारथी रियल मड्रिडसँग आबद्ध हुने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण