रोस्टन चेजको उत्कृष्ट प्रदर्शनसँगै वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई हरायो
काठमाडौँ । दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा घरेलु टोली वेस्ट इन्डिज १६ रनले विजयी भएको छ । जितसँगै वेस्ट इन्डिजले तीन खेलको शृङ्खला पनि २–० शृङ्खलामाथि पनि कब्जा जमाएको छ ।
शृङ्खलाको पहिलो खेलमा पनि वेस्ट इन्डिज २८ रनले विजयी भएको थियो । शृङ्खलाको तेस्रो तथा अन्तिम खेल सोमबार खेलिने छ । दोस्रो खेलमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको वेस्ट इन्डिजले निर्धारित ओभरमा सात विकेट गुमाएर दुई सय सात रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको दक्षिण अफ्रिकाले भने निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ९१ रनमात्र बनाउन सक्यो । क्यारेबियन टोलीको जितमा रोस्टन चेजले अविजित ६७ रनको योगदान गरे । उनले ३८ बलको सामना गरी दुई छक्का र सात चौका पनि हिर्काएका थिए ।
कप्तान ब्रान्डन किङले पनि ३६ रन बनाए । ओपनर ब्याट्सम्यान किङले २२ बलको सामना गरी तीन छक्का र दुई चौका हिर्काए । कायले मायर्सले ३२ रन जोडे । उनले १६ बलमा तीन छक्का र दुई चौका पनि प्रहार गरे ।
विकेटकिपर ब्याट्सम्यान आन्द्र फ्लेचरले २९ र रोमारियो सेफर्डले २६ रन बनाए । दक्षिण अफ्रिकाका बलर लुङ्गी एनगिदी, नकाबायोमजी पिटर र एन्डिल फेयलुकवायोले दुई–दुई विकेट लिए । जवाफी ब्याटिङ गरेको दक्षिण अफ्रिकाका लागि विकेटकिपर ब्याट्सम्यान क्विन्टन डी काकले सर्वाधिक ४१ रन बनाए । उनले केवल १७ बलमा चार छक्का र चार चौका पनि हिर्काए ।
ओपनर ब्याट्सम्यान रिजा हन्ड्रिक्सले ३४ रन जोडे । कप्तान रासी भान डर डुसेनले ३० रन बटुले । दक्षिण अफ्रिकाले अतिरिक्त रुपमा पनि २४ रन पाएको थियो । वेस्ट इन्डिजका बलर गुडाकेश मोटीले तीन विकेट लिए । रोस्टन चेज, अकेल होसैन र रोमारियो सेफर्डले पनि एक–एक विकेट हात पारे । रोस्टन चेज प्लेयर अफ दी म्याच घोषित भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण