सहकारी प्रकरण : व्यक्तिकै नाममा छानबिन हुनुपर्ने कांग्रेसको अडान यथावत्
काठमाडाैँ । सहकारी समस्या समाधानका लागि गठन गर्ने भनिएको संसदीय समितिको कार्यक्षेत्रबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबिचको छलफल विना निष्कर्ष सकिएको छ ।
सभापति देउवा निवास बुढानीलकण्ठमा प्रधानमन्त्री प्रचण्ड र सभापति देउवासहित कांग्रेस नेताहरूबिच आइतबार भएको छलफल पनि विना निष्कर्ष सकिएको कांग्रेस नेता जीवन परियारले जानकारी दिए । देउवासँगको भेटमा प्रधानमन्त्री प्रचण्डले सहकारी समस्या समाधान र संसद्को गत्यवरोध अन्त्य गर्न विकल्पहरूबारे सोच्न कांग्रेसलाई आग्रह गरेका थिए ।
देउवासँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले सहकारी समस्या समाधान गर्न गोरखा मिडिया नेटवर्कको नाम उल्लेख गरेपछि व्यक्तिको नाम राखिरहन आवश्यक नभएको बताएका थिए । तर प्रधानमन्त्रीको उक्त प्रस्तावलाई कांग्रेसले अस्वीकार गरेको नेता परियारले जनाए । ‘गोरखा मिडिया नेटवर्कको नाम मात्र लिएर पुग्दैन । कम्तीमा त्यहाँ संलग्न व्यक्तिहरू को को हुन् भन्ने पनि उल्लेख नगरी छानबिन अगाडी बढ्न सक्दैन भन्ने हाम्रो अहिलेसम्मको अडान यथावत् छ’, परियारको भनाइ छ ।
सहकारी प्रकरणमा कार्यदलमा सहमति नजुटेपछि शीर्ष नेताको तहमा छलफल भएको हो । यद्यपि आइतबारको छलफलमा एमाले अध्यक्ष ओली भने अनुपस्थित रहेका थिए । आजै सरकारले संसदबाट नीति तथा कार्यक्रम पास गर्ने तयारी गरेको छ भने प्रतिपक्षले संसद् अवरोध जारी राख्ने जनाएको छ ।
कार्यदल सदस्यहरूका अनुसार आइतबार साँझसम्म कार्यदलसहित शीर्ष नेताहरूबिच पुन छलफल गर्नेबारे छलफल भए पनि समय तय भइसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण