देशमा ३४ हजार किलोमिटरभन्दा लामो सडक सञ्जाल, ५३ प्रतिशत कालोपत्रे
आइतबार, १३ जेठ २०८१, १२ : ३९
काठमाडौँ । चालू आर्थिक वर्ष २०८०–८१ को फागुन महिनासम्म सरकारले निर्माण गरेको सडकको लम्बाई ३४ हजार २६७ किलोमिटर पुगेको छ । जसमध्ये ५३.२ प्रतिशत सडक कालोपत्रे भएको छ ।
अर्थमन्त्री वर्षमान पुनले आज संसदमा चालू वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै विकासको फेहरिस्त सुनाएका हुन् । यस्तै उनले ऊर्जातर्फ बिजुली उत्पादनमा नेपाल आत्मनिर्भर उन्मुख बनेको बताए ।
कूल जडित क्षमता ३ हजार मेगावाटभन्दा माथि पुगेको अर्थमन्त्रीले बताए । फागुन महिनासम्ममा ९७.७ प्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुगेको बताए । यस्तै सिँचाइ योग्य जमिनमा ८८.५ प्रतिशत जमिनमा सिँचाइ सुविधा पुगेको अर्थमन्त्रीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ, सुनचाँदीका गहना, ड्रोन र नगद बरामद
-
युक्रेनद्वारा पाँच रुसी ब्यालिस्टिक क्षेप्यास्त्र खसालिएको दाबी
-
भोजनबाट अन्डा हटेपछि भारतमा पोषणसम्बन्धी बहस
-
‘हामी कोहीसँग डराउँदैनौँ, तर स्पेनको गुणस्तरीय खेलको सम्मान गर्छौँ’
-
इबोला उपचार केन्द्रका स्वास्थ्यकर्मीले तलब पाएनन्, गरे हडताल
-
अलैँची, चिया र किबीमा व्यावसायिक बन्दै ‘तुलसी’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण