५ लाखभन्दा बढी डोज साँढे र राँगाको वीर्य उत्पादन

काठमाडौँ । चालु आर्थिक वर्षको फागुनसम्म ५ लाखभन्दा बढी डोज साँढे र राँगाको वीर्य उत्पादन भएको छ । आर्थिक वर्ष २०७९/८० मा पशु नश्ल सुधारका लागि ९ लाख ८७ हजार डोज साँढे र राँगाको वीर्य उत्पादन भई ७ लाख ११ हजार पशुमा कृत्रिम गर्भाधान गराइएको थियो भने चालु आर्थिक वर्षको फागुनसम्म ५ लाख ५ हजार डोज साँढे र राँगाको वीर्य उत्पादन भएको हो ।
हालसम्म मुलुकका ७० जिल्लामा गाई, भैँसी, बाख्रा लगायतका पशुमा कृत्रिम गर्भाधानको सेवा विस्तार भएको छ । आर्थिक सर्वेक्षण २०८०/८१ अनुसार बोयर बाख्राको माग बढेको कारण बाख्राको कृत्रिम गर्भाधान मार्फत नश्ल सुधारमा थप सहयोग पुगेको छ ।
लम्पी स्किन रोगको देशव्यापी सङ्क्रमणका कारण किसानबाट गाई भैँसीको कृत्रिम गर्भाधानको मागमा कमी आएको उल्लेख छ । यसले गाई भैँसीमा गरिने कृत्रिम गर्भाधान सङ्ख्यामा गिरावट भएको पाइएको छ ।
चालु आर्थिक वर्षको फागुनसम्म ५ करोड ९५ लाख १० हजार माछाका भुरा उत्पादन तथा वितरण भएको छ ।
नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाको सहयोगमा पशु नश्ल सुधार कार्यक्रम सञ्चालनको लागि अमेरिकाबाट शुद्ध नश्लका जर्सी र होलस्टीन साँढे आपूर्ति भई हाल राष्ट्रिय प्रजनन कार्यालयबाट शुद्ध नश्लका वीर्य उत्पादन प्रारम्भ भएको छ । हेफर इन्टरनेशनल नामक संस्थाको सहकार्यमा दक्षिण कोरिया सरकारबाट प्राप्त होल्सटिन फ्रिजियन जातका बाच्छीहरू गर्भाधान भई उच्च नश्लको ब्रीडको विस्तार भएको छ । त्यस्तै बोयर बाख्राको १५ वटा मल्टिप्लायर हर्ड र भारत सरकारबाट प्राप्त शुद्ध नश्लको १५ वटा मुर्रा राँगामार्फत नश्ल सुधार भई दूध र मासु उत्पादनमा वृद्धि हुने अनुमान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षको बजेट कस्तो चाहन्छ निजी क्षेत्र ?
-
जीपीएका आधारमा विद्यार्थी भर्ना गर्दै सीटीइभीटी
-
पटक-पटक बिजुली गएपछि मध्यरातमा विद्युत् प्राधिकरण तालचोकका कर्मचारीको मापसे चेक
-
यातायातको सुविधासँगै मालिकाधुरी यात्रा सहज बन्यो
-
गणेशजीको बार आज कुन राशिलाई कस्तो फल ?
-
लमजुङमा विद्युत् उत्पादन वृद्धि भएन