थपियो १,६४० हेक्टर जमिनमा सिँचाइ सुविधा
काठमाडौँ । चालु आर्थिक वर्ष १ हजार ६ सय ४० हेक्टर जमिनमा थप सिँचाइ सुविधा पुगेको छ । आर्थिक सर्वेक्षण २०८०/८१ का अनुसार फागुनसम्ममा सो क्षेत्रफलमा सिँचाइ सुविधा पुगेर हालसम्म १५ लाख ५७ हजार १ सय ४८ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको हो ।
संघीय आयोजनाहरूबाट २०८० असार मसान्तसम्म कुल १५ लाख ५५ हजार ५ सय ८ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको थियो । चालु आर्थिक वर्षको फागुनसम्म सतह तर्फ ६२० हेक्टर, लिफ्टतर्फ २७० हेक्टर भूमिगततर्फ ७०० हेक्टर र जलाशयतर्फ ५० हेक्टर गरी थप १ हजार ६ सय ४० हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । यस समेत गरी हालसम्म १५ लाख ५७ हजार १ सय ४८ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ ।
सिँचाइ सुविधा पुगेका क्षेत्रमध्ये ६५.७ प्रतिशतमा सतह सिँचाइ पुगेको छ भने ३४.१ प्रतिशतमा भूमिगत सिँचाइ सुविधा पुगेको सर्वेक्षणमा उल्लेख छ ।
२०७९ फागुनसम्म कुल सिँचाइयोग्य जमिन १७ लाख ६० हजार हेक्टरमध्ये ८८.५ प्रतिशत र कुल कृषियोग्य जमिन २६ लाख ४० हजार हेक्टर मध्ये ५९.० प्रतिशत जमिनमा सिँचाइ सुविधा पुगेको छ ।
जल उत्पन्न प्रकोप नियन्त्रणतर्फ २०८० फागुनसम्म १ हजार ४ सय १२ किलोमिटर तटबन्ध निर्माण भई १२ हजार ९ सय ८६ हेक्टर जग्गा उकास भएको छ । चालु आर्थिक वर्षको फागुनसम्म ४७.५२ किलोमिटर तटबन्ध निर्माण तथा २०० हेक्टर जग्गा उकास गरिएको छ । आर्थिक वर्ष २०७९÷८० मा ७६.२५ किलोमिटर तटबन्ध निर्माण भई २३३.५८ हेक्टर जग्गा उकास गरिएको थियो ।
आर्थिक वर्ष २०७९÷८० मा कृषि यान्त्रीकरण प्रवर्धन केन्द्र, नक्टाझिजबाट १३ डिप बोरिङ्ग प्रणाली मार्फत सिराहा, सर्लाही, बारा, उदयपुर, धनुषा, रुपन्देही र महोत्तरीमा गरी जम्मा ५२० हेक्टर क्षेत्रफलमा भूमिगत सिँचाइ विस्तार भएको थियो । चालु आर्थिक वर्ष भूमिगत सिँचाइ कार्यक्रम अन्तर्गत ६ डिप बोरिङ्ग निर्माण भइरहेको छ । यसबाट थप ३०० हेक्टरमा सिँचाइ सुविधा विस्तार हुने अनुमान गरिएको सर्वेक्षणमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण