गण्डकी सरकारविरुद्धको मुद्दा आज टुङ्गिने
सोमबार, १४ जेठ २०८१, ०८ : ५९
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्धको मुद्दाको टुङ्गो आज लाग्ने छ । दुवै पक्षबाट बहस सकिएको छ भने आज जवाफी बहस हुने छ । जवाफी बहस सकिएपछि आजै आदेश आउने बताइएको छ ।
निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अधिकारीले प्राप्त गरेको विश्वासको मतमा बहुमत नपुगेको भन्दै सर्वोच्चमा रिट दिएका थिए । अधिकारीको पक्षमा ३० मत मात्रै परेको थियो । गण्डकीमा ६० जना सांसद छन् । संविधानअनुसार विश्वासको मतका लागि कम्तीमा ३१ सिट हुनुपर्छ ।
अधिकारीले पाएको मत संविधान अनुसार पर्याप्त नभएको भन्दै उक्त सरकारलाई हटाएर आफूलाई मुख्यमन्त्री बनाउन पाण्डेले दाबी गरेका छन् । मुद्दा न्यायाधीशद्वय कुमार रेग्मी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण