आधारभूत तहमा महिला शिक्षकको सङ्ख्या पुरुषको भन्दा बढी
सोमबार, १४ जेठ २०८१, ०९ : २०
काठमाडौँ । नेपालमा महिला शिक्षकको सङ्ख्या बढ्दै गएको देखिएको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तद्वारा आइतबार संघीय संसद्का दुवै सदनमा प्रस्तुत आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षणले उक्त तथ्य औँल्याएको हो ।
शैक्षिक सत्र २०८० मा आधारभूत तह कक्षा (१-५) मा महिला शिक्षकको सङ्ख्या ५४. १ प्रतिशत पुगेको छ । शैक्षिक सत्र ०७९ मा यो सङ्ख्या ४७.२ प्रतिशत थियो । एक वर्षको अवधिमा महिला शिक्षकको सङ्ख्यामा ७ प्रतिशतको वृद्धि भएको देखिएको छ ।
यद्यपि माध्यमिक तह (कक्षा ९-१२) मा भने महिला शिक्षकको सङ्ख्या कम छ । सो तहमा १९ प्रतिशत मात्र महिला शिक्षक रहेको तथ्याङ्कले देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण