आधारभूत तहमा महिला शिक्षकको सङ्ख्या पुरुषको भन्दा बढी
सोमबार, १४ जेठ २०८१, ०९ : २०
_oj7oyDPsnz.jpg)
काठमाडौँ । नेपालमा महिला शिक्षकको सङ्ख्या बढ्दै गएको देखिएको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तद्वारा आइतबार संघीय संसद्का दुवै सदनमा प्रस्तुत आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षणले उक्त तथ्य औँल्याएको हो ।
शैक्षिक सत्र २०८० मा आधारभूत तह कक्षा (१-५) मा महिला शिक्षकको सङ्ख्या ५४. १ प्रतिशत पुगेको छ । शैक्षिक सत्र ०७९ मा यो सङ्ख्या ४७.२ प्रतिशत थियो । एक वर्षको अवधिमा महिला शिक्षकको सङ्ख्यामा ७ प्रतिशतको वृद्धि भएको देखिएको छ ।
यद्यपि माध्यमिक तह (कक्षा ९-१२) मा भने महिला शिक्षकको सङ्ख्या कम छ । सो तहमा १९ प्रतिशत मात्र महिला शिक्षक रहेको तथ्याङ्कले देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमबार प्रचण्ड सुर्खेत आउँदै, वाइसीएलको प्रदेश सम्मेलनमा सहभागी हुने
-
भारतविरुद्ध आक्रमणको घोषणालगत्तै पाकिस्तानी प्रधानमन्त्रीले बोलाए कमान्ड प्राधिकरणको बैठक
-
शिक्षक आन्दोलनबाट पढाइमा भएको क्षति हिउँदे वा वर्षे बिदाबाट आपूरण गर्न महासङ्घको आग्रह
-
पाकिस्तानद्वारा भारतविरुद्ध प्रत्याक्रमणको घोषणा
-
ठेकदार सांसद कान्छारामको लापर्बाही : दोस्रो म्याद पनि सकियो तर सकिएन १५ सडकको काम
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य