बढ्यो मिर्गौला तथा कलेजो प्रत्यारोपण गर्नेको सङ्ख्या
सोमबार, १४ जेठ २०८१, १० : ५५
काठमाडौँ । चालु आर्थिक वर्षको फागुनसम्म गत वर्षको तुलनामा ६९ जना बढीले मिर्गौला र १४ बढीले कलेजो प्रत्यारोपण गरेका छन् ।
आर्थिक सर्वेक्षण २०८०/८१ अनुसार चालु आर्थिक वर्षको फागुनसम्म १९४ बिरामीमा मिर्गौला र १५ बिरामीमा कलेजो प्रत्यारोपण गरेका हुन् ।
उनीहरूले विभिन्न सार्वजनिक स्वास्थ्य संस्थाबाट मिर्गौला र कलेजो प्रत्यारोपण गरेको आर्थिक सर्वेक्षण मा उल्लेख छ ।
गत आर्थिक वर्षको फागुनसम्म १२५ बिरामीको मिर्गौला प्रत्यारोपण र १ बिरामीको कलेजो प्रत्यारोपण गरेका थिए । आर्थिक वर्ष २०७९/८० सम्ममा ३०२ बिरामीमा मिर्गौला र ४ बिरामीमा कलेजो प्रत्यारोपण गरेको सर्वेक्षणमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण