बढ्यो मिर्गौला तथा कलेजो प्रत्यारोपण गर्नेको सङ्ख्या
सोमबार, १४ जेठ २०८१, १० : ५५
काठमाडौँ । चालु आर्थिक वर्षको फागुनसम्म गत वर्षको तुलनामा ६९ जना बढीले मिर्गौला र १४ बढीले कलेजो प्रत्यारोपण गरेका छन् ।
आर्थिक सर्वेक्षण २०८०/८१ अनुसार चालु आर्थिक वर्षको फागुनसम्म १९४ बिरामीमा मिर्गौला र १५ बिरामीमा कलेजो प्रत्यारोपण गरेका हुन् ।
उनीहरूले विभिन्न सार्वजनिक स्वास्थ्य संस्थाबाट मिर्गौला र कलेजो प्रत्यारोपण गरेको आर्थिक सर्वेक्षण मा उल्लेख छ ।
गत आर्थिक वर्षको फागुनसम्म १२५ बिरामीको मिर्गौला प्रत्यारोपण र १ बिरामीको कलेजो प्रत्यारोपण गरेका थिए । आर्थिक वर्ष २०७९/८० सम्ममा ३०२ बिरामीमा मिर्गौला र ४ बिरामीमा कलेजो प्रत्यारोपण गरेको सर्वेक्षणमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ हजार १९४ केजी सुनको रकम हुन्डीमार्फत भुक्तानी भएको अनुसन्धान निष्कर्ष
-
लहानका बस्तीमा डकैतीको अफवाह नफैलाउन र भ्रममा नपर्न प्रहरीको आग्रह
-
१० बजे, १० समाचार
-
गण्डकी प्रदेशस्तरीय क्रिकेट : नवलपुर र स्याङ्जा विजयी
-
तनहुँ जलविद्युत् आयोजना : बाँधका लागि जग खन्ने काम अन्तिम चरणमा
-
काठमाडौँमा ‘कनेक्टिङ कर्णाली’ सम्पन्न