संसदीय छानबिन समितिको टीओआरमा आज पनि भएन सहमति
काठमाडौँ । सहकारी ठगीमा संसदीय छानबिन समिति गठनको कार्यादेश टुङ्ग्याउने विषयमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबिच भएको छलफल विना निष्कर्ष टुङ्गिएको छ ।
सोमबार बिहान प्रधानमन्त्रीको निवास बालुवाटामा बसेको बैठकमा कार्यादेशको विषय नटुङ्गिएको कांग्रेस सहमहामन्त्री जीवन परियारले बताए । ‘साँझसम्म गतिरोध अन्त्य गर्न प्रधानमन्त्री लागिराख्नु भएको छ, अहिलेको छलफल सकारात्मक भए पनि सहमति हुन सकेको छैन,’ उनले भने।
छानबिन समितिको कार्यादेशमा आफूले राखेको प्रस्तावमा सत्ता गठबन्धनकै एमाले र रास्वपा सकारात्मक नदेखिएपछि सहमति नहुन नसकेको परियारको भनाइ छ । ‘ गृहमन्त्री रवि लामिछानेको नाम नै देखेर जाँदा उपयुक्त हुन्छ । नाम राखेर जानेमा आपत्ति नहुनुपर्ने हो । नाम राखेर जान सकिँदैन भन्ने सत्ता पक्षको बटमलाइन छ,’ उनले भने, ‘नाम राखेर जानुपर्छ भन्ने हाम्रो पनि अडान कायम नै छ ।’
प्रधानमन्त्रीले आज साँझसम्म दुवै पक्षको कुरा सुनेर सहमतिमा पुग्ने विश्वास दिलाएको उनले बताए । योसँगै कांग्रेसले आज दिउँसो १ बजे पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएको परियारले बताए ।
‘हाम्रो पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बस्छ । उहाँहरू पनि छलफल गर्नहुन्छ । साँझ प्रधानमन्त्रीले बोलाउनुहुन्छ होला,’ उनले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण