प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ, अन्य दल गम्भीर भएनन् : कांग्रेस
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सत्तापक्ष सहकारी समस्या समाधान गर्न गम्भीर नभएको आरोप लगाएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली कांग्रेसका सांसद जीवन परियारले प्रधानमन्त्री पुष्पकमल दाहाल सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन सकारात्मक भए पनि सत्तापक्षका अन्य राजनीतिक दलहरू गम्भीर नभएको आरोप लगाएका हुन् ।
उनले भने, ‘सत्ता पक्षले प्रस्तावमा सकारात्मक छौँ भन्ने र कहिले गलत व्याख्या गरिदिने कुराले अन्योल आएको छ । हामीले जनताको बचत रकम फिर्ता र सुनिश्चित गर्ने कुरामा केन्द्रित छौँ । प्रधानमन्त्रीको पहलकदमी सकारात्मक छ तर सम्पूर्ण सत्ता पक्षको सोच समस्या समाधान गर्नेतर्फ भन्दा पनि समस्यालाई अल्झाइरहने जस्तो देखिन्छ ।’
नेपाली कांग्रेसले लामो समयदेखि सहकारी पीडितहरू, बचतकर्ताहरूको बचतको सुरक्षा र ती पीडितहरूले अविलम्ब आफ्नो बचत रकम फिर्ताको सुनिश्चितता खोजेका बताए । उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गोरखा मिडिया नेटवर्कमा रहँदा विभिन्न सहकारीबाट करोडौँको रकम गोरखा मिडिया नेटवर्कमा र गोरखा मिडिया नेटवर्कमा विभिन्न कम्पनी र व्यक्तिमार्फत रकम पुगेको बारेमा अनुसन्धान गर्न माग गर्दै आएको बताए ।
उनले भने, ‘हिजोआज पनि कयौँ सहकारीले अर्बौँ रकम अपचलन गरेको भनेर सञ्चारमाध्यममा सुन्नु परिरहेको छ । अहिले ५/६ दर्जन सहकारी संस्थाहरूले रकम अपचलन गरेको कुरा हामीले सुन्दै आएका छौँ । लाखौँ लाख बचतकर्ताहरूको रकम कसरी बचतकर्ताहरूको हातमा पुग्छ, पहिलो प्राथमिकता छ । हामीले माननीय उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेजीले गोरखा मिडिया नेटवर्कमा रहँदा विभिन्न सहकारीबाट करोडौँको रकम गोरखा मिडिया नेटवर्कमा र गोरखा मिडिया नेटवर्कमा विभिन्न कम्पनी र व्यक्तिमार्फत रकम पुगेका छन् । त्यसको सही ढङ्गबाट छानबिन हुनुपर्छ भन्ने नेपाली कांग्रेसको धारणा हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण