काठमाडौँमा आगोले जलेर युवककाे मृत्यु
काठमाडौँ । राजधानी काठमाडौँमा भएको आगलागीमा परेर एक जना युवकको मृत्यु भएको छ । टोखा नगरपालिका-१० बानियाँटार हाईटस्थित ३५ वर्षीय खेम नारायण चालिसेको घरमा भाडामा बस्ने दोलखा कालिञ्चोक गाउँपालिका-२ घर भएका २१ वर्षीय किरण बुढाथोकीको आगलागीमा जलेर मृत्यु भएको हो ।
किरणको कोठामा गएराति आगलागी हुँदा जलेर गम्भीर घाइते भएका थिए । उनको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । आगलागीबाट करिब १५ लाख रुपैयाँ बराबरको धनमा क्षति भएको छ । आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यता झापाको बिर्तामोड नगरपालिका-५ बसपार्क मोडस्थित चारआलीबाट बिर्तामोडतर्फ जाँदै गरेको को.१ च ३५५३ नम्बरको मारूती भ्यानमा आइतबार राति अचानक आगलागी हुँदा इन्जिनको भाग जलेर क्षति भएको छ ।
त्यस्तै रौतहटको ईशानाथ नगरपालिका-४ महुलिया टोल बस्ने धीरेन्द्र पटेल लगायत ३ जनाको घरमा आइतबार राति आगलागी हुँदा तीनै जनाको गरी करिब ६ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण