सिरोहियालाई थप ५ दिन हिरासतमा राख्न प्रहरीले माग्यो अनुमति
सोमबार, १४ जेठ २०८१, १६ : ५२

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप ५ दिन हिरासतमा राख्न प्रहरीले अनुमति मागेको छ । तेस्रो पटक थप ५ दिन म्याद थप गर्न प्रस्ताव गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
प्रहरीले सरकारी वकिल कार्यालय मार्फत सिरोहियालाई म्याद थपका लागी अदालतमा उपस्थित गराउँदै छ । यसअघि उनलाई अदालतले दुई पटकमा ६ दिन हिरासतमा राख्न अनुमति दिइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी तीन चिजको सेवनले पुर्याउँछ मस्तिष्कमा क्षति
-
अग्नि नियन्त्रकले काम गरेको हेर्न युवकले लगाए आफ्नै घरमा आगो
-
लेडी गागाको कन्सर्टमा २१ लाख दर्शक !
-
निर्माणाधीन संसद् भवनको अनुगमन, पुनः म्याद थप गर्नुपर्ने कारण देखाउन निर्देशन
-
प्रदर्शनीमार्गमा राजनीतिक लगायतका प्रदर्शन रोक्न माग गर्दै सर्वोच्चमा रिट
-
छाडा चौपायाको गोबर र गहुँतले सडक चाँडै भत्किरहेको छ : सांसद बलायर