अनन्त–राधिकाको दोस्रो प्रि–वेडिङमा ७५ अर्ब ७५ करोड भारु खर्च गरिँदै
नयाँ दिल्ली । भारतीय खर्बपति व्यापारी मुकेश अम्बानीका कान्छा छोरा अनन्त र राधिका मर्चेन्टको जुलाईमा बिहे हुँदैछ । यसबिच दोस्रो प्रि–वेडिङ कार्यक्रम सुरु हुँदैछ ।
यही मंगलबारदेखि बिहीबारसम्म चल्ने सो कार्यक्रम इटली र फ्रान्सबिचको समुद्रमा ‘सेलिब्रेटी एसेन्ट’ नामक क्रुजमा हुँदैछ । क्रुज २८ मेमा इटलीको पालेर्माे बन्दरगाहबाट प्रस्थान गर्नेछ भने ४ हजार ३८० किमि यात्रा तय गरेर सदर्न फ्रान्समा पुगेर यात्रा सकिनेछ । अम्बानी परिवारले मियामीबाट अर्कै क्रुज मगाएका थिए । तर फ्रान्समा त्यो क्रुज पार्क गर्न समस्या हुने भएपछि माल्टाबाट सेलिब्रेटी एसेन्ट मगाइएको हो ।
समारोहमा सहभागी हुनका लागि ८ सय जना अतिथिहरू १२ वटा विमान चढाएर इटली पुर्याइँदैछ । यीमध्ये ३ सय जना भीभीआईपी हुने बताइएको छ । यी अतिथिको आतिथ्यका लागि क्रुजमा ६ सय जना कर्मचारी पनि हुनेछन् । यस कार्यक्रमका लागि अम्बानी दम्पतीले ७५ अर्ब ७५ करोड भारु अर्थात् ९० करोड डलर खर्च गर्दैछन् ।
यसअघि मार्च १ देखि ३ को बिचमा भएको पहिलो प्रि–वेडिङ कार्यक्रममा अम्बानी परिवारले १२ अर्ब ५० करोड भारु खर्च गरिएको थियो । सो समारोहमा खानपिनमा मात्रै २ अर्ब १० करोड भारु खर्च भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण