अदालत
पदमुक्त भए गण्डकीका मुख्यमन्त्री अधिकारी
सोमबार, १४ जेठ २०८१, १९ : ५३

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् । सर्वोच्च अदालतले यसअघि लिएको विश्वासको मत असंवैधानिक ठहर गरेपछि उनी पदमुक्त भएका हुन् ।
सोमबार न्यायाधीशद्धय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले अधिकारीले यसअघि ६० सदस्य प्रदेश सभामा ३० सदस्यको मत पाउने भनि लिएको विश्वासको मत संविधान विपरीत भएको ठहर गरेको हो ।
नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेले वैशाख २५ गते दायर गरेको रिट जारी हुने फैसला सुनाएको छ । यसअघि कोशी प्रदेशका मुख्यमन्त्री पनि विश्वासको मत सम्बन्धी प्रक्रियामा विवादित हुँदै पद गुमाएका थिए । यसपटक गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले सोही प्रक्रिया अनुसार पद गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैङ्ककाे १८ औँ गभर्नरमा डा. विश्व पौडेल नियुक्त
-
गभर्नरका लागि विश्व पौडेलसहित तीन जनाको नाम सिफारिस, अरू को-को ?
-
पानी पिउन धारामा जाँदा करेन्ट लागेर पुजारीको मृत्यु
-
युएस बङ्गला दुर्घटनासम्बन्धी २० थान रिटमा सर्वोच्चको आदेश : विचाराधीन अर्को मुद्दा किनार लागेपछि पेस गर्नू
-
गभर्नर नियुक्ति गर्न बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू
-
जेसिवी प्रयोग गरेर पुरिएको गाडी खोजिदै