ओली मुलुकको विकास र समृद्धिलाई अघि बढाउने सामर्थ्य भएका नेता हुन् : शंकर पोखरेल

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले केपी शर्मा ओलीलाई मुलुकलाई समृद्ध बनाउने सामर्थ्य भएको नेताको रूपमा चित्रण गरेका छन् ।
ओलीले सरकारको नेतृत्व लिँदा देश बनाउन देखाएको सपना र त्यसलाई कार्यान्वयनमा लैजानका लागि बनाएको योजनाले ओली मुलुकलाई विकास र समृद्धिको बाटोमा अघि बढाउन सबैभन्दा बढी सामर्थ्य भएको नेताको रूपमा देखिएको पुष्टि भएको महासचिव पोखरेलले दाबी गरे ।
पार्टी निकट पेसागत महासंघ नेपालले सोमबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले ओली नेपाली समाजलाई बुझेको, विकास र समृद्धिका बारेमा सपना देख्ने, योजना बनाउने, कार्यान्वयनका लागि हुटहुटी गर्ने एउटा सामर्थ्य देखाएको नेता हो भनेर नबुझनेहरुले देश बनाउने र सुशासनका कुरा गर्नुको अर्थ नभएको पनि जिकिर गरे । उनले मुलुकलाई विकास, समृद्धि र सुशासनको बाटोमा अघि बढाउनका लागि बलियो राजनीतिक दल बनाउने कुरालाई संकल्पको रूपमा अघि बढाउनुपर्ने बताए ।
महासचिव पोखरेलले सबै राजनीतिक दलहरू उस्तै हुन् भन्नु मुलुकलाई निराशाका खाडलमा जाक्नु रहेको उल्लेख गर्दै जनतामा आशा भर्नेगरी अघि बढ्नुपर्ने आवश्यकता पनि औँल्याए ।
महासचिव पोखरेलले संघीयता अनुकूलको कर्मचारीतन्त्र नहुँदा पनि मुलुकलाई अघि बढाउन कठिन भएको तर्क पनि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थापित बाम नेता भरत प्रसाद साह माओवादी केन्द्रमा प्रवेश
-
नेपाल क्यान मुभ विरूद्धको राजस्व चुहावट मुद्दामा तीन जनालाई १ करोड धरौटीमा छाड्न आदेश
-
नेपालको लगातार दोश्रो जित
-
आर्थिक पत्रकारका तीन वटा संस्थालाई एक/एक करोड बजेट
-
जीवन ‘सजिलो’ होइन ‘सार्थक’ बनाउने होड
-
विपी राजमार्गमा लेदोसहितको पहिरो, आवतजावत ठप्प