मध्यकालीन संरचना र वार्षिक विकास कार्यक्रम पारित गर्न योजना आयोगको पूर्ण बैठक बस्दै
मङ्गलबार, १५ जेठ २०८१, १० : ०२
काठमाडौँ । आर्थिक वर्ष २०८१–८२ को बजेटका लागि मध्यकालीन खर्च संरचना तथा वार्षिक विकास कार्यक्रम पारित गर्न राष्ट्रिय योजना आयोगको पूर्ण बैठक बस्दै छ ।
बजेट अघि कार्यक्रम पारित गर्न आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षमा मंगलबार बिहान १० बजे बैठक बस्दै छ ।
सरकारले आज आर्थिक वर्ष २०८१-८२ का लागि अनुमानित आय व्ययसहितको वार्षिक बजेट सार्वजनिक गर्दै छ । यसका लागि सङ्घीय संसद्को संयुक्त बैठक दिउँसो १ बजेका लागि डाकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण