सिरोहियालाई हेलिकोप्टरबाट काठमाडौँ ल्याइयो, मेडिसिटीमा उपचार हुने
मङ्गलबार, १५ जेठ २०८१, १८ : ५०
काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको छ । स्वास्थ्यमा थप समस्या आएपछि उनलाई काठमाडौँ लैजान चिकित्सकले सुझाव दिएका थिए । सोहीअनुसार उनलाई काठमाडौँ ल्याइएको हो ।
सिरोहियालाई हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको छ । उनलाई उपचारका लागि मेडिसिटी अस्पताल भर्ना गरिएको छ ।
कान्तिपुर मिडियाका कानुनी सल्लाहकार किशोर पौडेलका अनुसार सिरोहियाको छातीमा अत्यधिक दुखाइपछि जनकपुरमा उपचार सम्भव नभएपछि काठमाडौँ लैजान चिकित्सकले सिफारिस गरेका थिए ।
नागरिकता प्रकरणमा कान्तिपुर मिडियाको कार्यकक्षबाटै सिरोहियालाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसपछि उनलाई जनकपुर लगिएको थियो । जिल्ला अदालत धनुषाले तीन पटक तीन तीन दिन म्याद थप गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण