गोरखामा ‘पोड वे’ यातायात सञ्चालनका लागि बजेट
मङ्गलबार, १५ जेठ २०८१, १६ : ३९
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै पोड वे यातायात कार्यक्रम अघि सारेका छन् ।
पृथ्वी राजमार्गको विमलनगर देखि गोरखाको लिगलिगकोट, भच्चेक वारपाक, बुङकोट गोरखा बजार, मनकामना बेनीघाटसम्म पोडवे यातायातको संभाव्यता अध्ययन र लगानी ढाँचा तय गरी निर्माण कार्य अघि बढाइने बताए ।
यस्तै राष्ट्रिय राजमार्ग र रणनीतिक सडकमा १५० वटा पुल निर्माण सम्पन्न गर्ने बताए । नारायणी तथा तिनाउ नदीमा सिग्नेचर पुल निर्माण कार्य गरिने र यी कार्यका लागि २ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण