भौतिक पूर्वाधारमा १ खर्ब ५० अर्ब ५३ करोड रुपैयाँ विनियोजन

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८१÷०८२ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ५० अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरेको छ ।
मंगलबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले पूर्व–पश्चिम राजमार्ग बिस्तारका लागि २९ अर्ब ८८ करोड विनियोजन रुपैयाँ विनियोजन गरिएको जानकारी दिए । काठमाडौं–तराई÷मधेस द्रुतमार्ग आयोजनाका लागि २२ अर्ब ५४ करोड विनियोजन भएको छ । त्यस्तै मध्यपहाडी पुष्पलाल लोकमार्गको लागि ३ अर्ब ६८ करोड र हुलाकी राजमार्गमा ३ अर्ब ३० करोड रुपैयाँ विनियोजन भएको उनले जानकारी दिए ।
उनले भने, ‘काठमाडौं–तराई÷मधेस दु्रतमार्ग सडक आयोजना अन्तर्गत निर्माणाधीन महादेवटार, धोद्रे र लेन्डाँडाँ सुरुङमार्ग निर्माण कार्य आगामी आर्थिक वर्ष सम्पन्न गरिने छ । ५७ पुलको निर्माण कार्यलाई तिब्रता दिइनेछ । काठमाडौं–तराई÷मधेश द्रुतमार्ग आयोजनाका लागि रु. २२ अर्ब ५४ करोड विनियोजन गरेको छु । मध्यपहाडी पुष्पलाल लोकमार्गको लागि रु. ३ अर्ब ६८ करोड विनियोजन गरेको छु । हुलाकी राजमार्गमा ३ अर्ब ३० करोड विनियोजन गरिएको छ ।’
काठमाडौं उपत्यका भित्रका व्यस्त ४४ वटा चोकमा स्मार्ट ट्राफिक लाइट जडान गरिने पनि बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय विभेद र छुवाछूतविरुद्धको अभियानमा एक ढिक्का भएर लाग्न जरुरी: सभामुख
-
आज निर्दोष बालबालिकामाथि अत्याचारविरुद्धको दिवस
-
‘कर्मचारी खेलकुद प्रतियोगिता’ हुने
-
अन्नपूर्ण क्षेत्रमा आउने विदेशी पर्यटकको सङ्ख्यामा बर्सेनि वृद्धि
-
महिनावारी नहुनु वा ढिलाइ हुनुका आठ कारण
-
मुस्ताङका चार पालिका ‘पूर्ण खोप सुनिश्चितता’