भौतिक पूर्वाधारमा १ खर्ब ५० अर्ब ५३ करोड रुपैयाँ विनियोजन
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८१÷०८२ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ५० अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरेको छ ।
मंगलबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले पूर्व–पश्चिम राजमार्ग बिस्तारका लागि २९ अर्ब ८८ करोड विनियोजन रुपैयाँ विनियोजन गरिएको जानकारी दिए । काठमाडौं–तराई÷मधेस द्रुतमार्ग आयोजनाका लागि २२ अर्ब ५४ करोड विनियोजन भएको छ । त्यस्तै मध्यपहाडी पुष्पलाल लोकमार्गको लागि ३ अर्ब ६८ करोड र हुलाकी राजमार्गमा ३ अर्ब ३० करोड रुपैयाँ विनियोजन भएको उनले जानकारी दिए ।
उनले भने, ‘काठमाडौं–तराई÷मधेस दु्रतमार्ग सडक आयोजना अन्तर्गत निर्माणाधीन महादेवटार, धोद्रे र लेन्डाँडाँ सुरुङमार्ग निर्माण कार्य आगामी आर्थिक वर्ष सम्पन्न गरिने छ । ५७ पुलको निर्माण कार्यलाई तिब्रता दिइनेछ । काठमाडौं–तराई÷मधेश द्रुतमार्ग आयोजनाका लागि रु. २२ अर्ब ५४ करोड विनियोजन गरेको छु । मध्यपहाडी पुष्पलाल लोकमार्गको लागि रु. ३ अर्ब ६८ करोड विनियोजन गरेको छु । हुलाकी राजमार्गमा ३ अर्ब ३० करोड विनियोजन गरिएको छ ।’
काठमाडौं उपत्यका भित्रका व्यस्त ४४ वटा चोकमा स्मार्ट ट्राफिक लाइट जडान गरिने पनि बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राउनले थपे पाचौँ गोल
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जमर्नीलाई ५–१ को अग्रता
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण