ट्रम्प विजयी भए एलन मस्क ह्वाइट हाउसको सल्लाहकार बन्ने
वाशिङटन डीसी । अमेरिकामा नोभेम्बरमा राष्ट्रपतिको निर्वाचन हुँदैछ । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले यस पटकको निर्वाचनमा आफूले जिते खर्बपति व्यापारी एलन मस्कलाई नीति सल्लाहकारमा नियुक्त गर्ने खबर बाहिर आएको छ ।
वाल स्ट्रिट जर्नलमा छापिएको खबरका अनुसार यसबारे मस्क र ट्रम्पबिच छलफल पनि भइसकेको छ । यसअघि मस्कले बनाइडेनलाई समर्थन गर्ने अनुमान गरिएको थियो । तर मस्कले जो बनाइडेलाई समर्थन गरेका छैनन् ।
अमेरिकाका शक्तिशाली उद्योगपतिहरूलाई जो बाइडेलाई समर्थन नगर्न कसरी फकाउने भनेर पनि ट्रम्पसँगको कुराकानीमा मस्कले भनेको समाचारमा उल्लेख छ ।
चुनावी अभियानमा मस्कले बाइडेन वा ट्रम्प कसैलाई पनि दान दिएका छैनन् । पछिल्ला केही वर्षयता मस्कले रिपब्लिकन पार्टीलाई समर्थन गरिरहेका छन् ।
मस्कले आप्रवासन, विद्युतीय सवारी साधन र शुल्क लगायत विषयमा बाइडेनको खुलेर आलोचना गरिरहेका छन् । पछिल्लो समय मस्क र ट्रम्पबिच बारम्बार भेटघाट वा फोन वार्ता भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण