माधव नेपालका कारण सुदूरपश्चिम सरकारले पूर्णता पाएन : मन्त्री भण्डारी
धनगढी । नेकपा एमालेका नेता तथा केन्द्रीय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालकै कारण सुदूरपश्चिम सरकारले पूर्णता पाउन नसकेको टिप्पणी गरेका छन् ।
एकीकृत समाजवादीले एमालेका कारण सुदूरपश्चिम सरकारले पूर्णता नपाएको आरोप लगाउँदै आएका बेला भण्डारीले उल्टै समाजवादीका अध्यक्ष नेपालकै कारण पूर्णता पाउन नसकेको बताएका हुन् ।
प्रेस चौतारी कैलालीले बिहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा भण्डारीले भने, ‘त्यो प्रवृत्ति लामो समय सम्म रहँदैन । छिट्टै त्यसको निरूपण हुन्छ । त्यही कारणले यहाँ सुदूरपश्चिम सरकारले पाउने पूर्णता त्यस्तै प्रवृत्तिले प्रश्नहरू जन्माइरहेका छन् ।’
नेता भण्डारीले समाजवादी अध्यक्ष नेपालले नेपालले अहिले काङ्ग्रेससँग पनि छलफल गरिरहेको भन्दै दोहोरो भूमिका देखाइरहेको आरोप लगाए । उनले यस्तो दोहोरो भूमिकाले स्वयम् नेपाललाई नै क्षति पुग्ने चेतावनी दिए
‘सत्तामा बसिरहने प्रतिपक्षसँग छलफल पनि गर्ने दोहोरो भूमिकाले स्वयम उहाँलाई नै क्षति पुर्याइरहेको छ’, उनले भने, ‘उहाँको पार्टी, उहाँको विचार र उहाँका अस्थिरताले यो खालका सङ्कटहरू धेरै लामो रहँदैन । त्यसले चाँडै निकास पाउँछ । सत्तामा पनि रहिरहने प्रतिपक्षसँगको पनि सिरानी थापिराख्ने कुरो त्यो उहाँकै स्वास्थ्यको लागि हानिकारक छ । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण