‘कृषिमा लगानी दशक’ घोषणले युवाका लागि रोजगारी सिर्जना हुन्छ : मन्त्री साह
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी साहले लगानी प्रवर्द्धन गर्न सके युवालाई रोजगारी प्रदान गर्न सकिने बताएकी छिन् । ‘पोटाटो समिट २०२४’ लाई सम्बोधन गर्दै मन्त्री साहले ‘कृषिमा लगानी दशक’ घोषणले युवाका लागि रोजगारी सिर्जना गर्न सक्ने दाबी गरेकी हुन् ।
‘नीति तथा कार्यक्रममा मैले कृषि लगानी दशकका रूपमा घोषण गर्न पहल गरेको हुँ’, उनले भनिन्, ‘कयौँ मन्त्री आउँछन् तर कार्यक्रम उही हुन्छ जुन गुनासो छ, यसका लागि लगानी प्रवर्द्धनको व्यवस्था भएको छ ।’
प्रधानमन्त्री कृषि आधुनिकीकरण मार्फत आलुको विभिन्न जोनहरू निर्धारण गरी आलु खेती प्रवर्द्धन गरिएको दाबी गरिन् । कृषि कार्यक्रमको अधिकांश लक्ष्यहरू प्राप्त गर्न नसकेको उनले तर्क गरेकी छन् । ‘कयौँ कृषिको लक्ष्य हासिल गर्न सकेका छैनौँ,’ उनले भनिन्, ‘कृषिमा लक्ष्य प्राप्त गर्न नार्कसँग समन्वय गरी स्थानीय तहमा प्रविधि खटाउने प्रयास गर्ने छौँ ।’
उनले पछिल्लो समय बाली बिरुवामा देखा पर्ने रोग र किराको प्रकोपका कारणले कृषि क्षेत्रका विभिन्न कार्यक्रमको लक्ष्य प्राप्त गर्न नसकेको सुनाइन् ।
हालको कृषिमा विनियोजित रकमलाई कार्यान्वयन गर्न स्थानीय तहदेखि नै समन्वय हुनुपर्ने सुनाइन् । एक दिने ‘पोटाटो समिट २०२४’ काठमाडौँमा जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण